न्युयोर्कमा श्रीमद भागवत महापुराणको आयोजना
बिहीबार, २६ साउन २०७४, १० : ४७
अमेरिका – अमेरिकाकाको न्युयोर्कमा स्थापना भएको सामजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ । महापुराण आयोजना हुनेभएपछि न्युयोर्कबासी नेपाली खुशी भएका छन् भने न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरु उत्साहित भएका छन् ।
आगामी अगस्त २३ बुधबारदेखि अगस्त २९ मंगलबार सम्म हुने सो कार्यक्रममार्फत दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र निर्माण गरिनेछ । बाचन प्रवीण दीनबन्धुको कथा वाचन गर्ने पुराणको १००८ मूल समारोह समिती गठन गर्ने तयारी भएको छ ।
यसको साथै १०८ कलशसहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिने छ भने दैनिक ५०० देखि १००० जना सम्म कार्यक्रम स्थलमा उपस्थित गराईने आयोजकले जनाएको छ ।