बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्लभ घटनाः दक्षिण कोरिया छोडेर उत्तर कोरिया भाग्ने व्यक्ति आखिर को हुन् ?

बुधबार, २५ असार २०७६, ०६ : ५१
बुधबार, २५ असार २०७६

एक व्यक्ति दक्षिण कोरिया छोडेर उत्तर कोरिया भागेको खबर सार्वजनिक भएपछि यसलाई एउटा अचम्मको र दुर्लभ घटना मानिएको छ ।

रोचक कुरा के छ भने सन् १९८० को दशककमो अन्त्यमा यी व्यक्तिका दक्षिण कोरियाली आमा–बुवा पनि उत्तर कोरिया गएर बसेका थिए ।

उत्तर कोरिया जाने व्यक्तिको नाम चो इन–गुक हो जो दक्षिण कोरियाका पूर्व विदेशमन्त्रीका छोरा हुन् ।

उत्तर कोरियाको सरकारी मिडिया अनुसार चो इन–गुक अब उत्तर कोरियामा नै बस्नेछन् र कोरियाको एकीकरणसँग जोडिएका मामलामा काम गर्नेछन् ।

साधारणतया उत्तर कोरियाका मानिसहरु दक्षिण कोरिया जान्छन् तर दक्षिणबाट उत्तर कोरिया जाने यो घटना दुर्लभ हो ।

अनुमती बिना गए उत्तर कोरियाः

उत्तर र दक्षिण कोरिया प्राविधिक रुपमा अहिले पनि युद्धरत नै छन् । यस्तोमा दक्षिण कोरियाली नागरिकले उत्तर कोरिया जानका लागि अनुमती लिनुपर्छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले चो इन–गुकले उत्तर कोरियाको यात्राका लागि अनुमती नलिएको पुष्टि गरेको छ ।

देशको राजधानी सोलमा भएको ‘एनके न्यूज’ काम ओलिवर हथमले बीबीसीलाई भने, ‘चो इन–गुक देश छोडेर कसरी उत्तर कोरिया पुगे, त्यो अहिलेसम्म थाहा पाउन सकिएको छैन । तर कुनै दक्षिण कोरियालीलाई उत्तर कोरियाली सत्ताको आशिर्वाद प्राप्त छ भने चीनको यात्रा हुँदै यस्तो गर्न मुस्किल छैन ।’

विशेषज्ञका अनुसार यदि चोले सरकारसँग अनुमती नलिइ कानून तोडेका छन् भने भविष्यमा दक्षिण कोरिया फर्कंदा उनलाई पक्राउ गर्ने सम्भावना छ ।

को हुन् चो इन–गुक ?

चो ७३ वर्षको दक्षिण कोरियाली नागरिक हुन् तर उनको नीजि र राजनीतिक विचारबारे निकै कम जानकारी उपलब्ध छ । उनकी श्रीमती र छोरी छन् जो दक्षिण कोरियामा नै बसिरहेका छन् ।

यद्यपि, चोका आमा बुवा ती हाई प्रोफाइल दक्षिण कोरियाली नागरिक थिए जो कोरियाली युद्धपछि आफ्नो देश छोडेर उत्तर कोरिया गएका थिए ।

उत्तर कोरियाको सरकारी मिडियाले चो इन–गुक प्योंगयांग पुगेको खबर सार्वजनिक गरेको छ जसमा उत्तर कोरियाली अधिकारीद्वारा उनको स्वागत गरिरहेको देखाइएको छ ।

उत्तर कोरियाको प्रोपोगान्डा वेबसाइट ‘ग्चष्mष्लशयपपष्चष्ु मा उनलाई उद्धृत गर्दै लेखिएको छ, ‘ जुन देशप्रति म आभार महसुस गर्छु त्यहाँ बस्नु मेरो आमाबुवाको अन्तिम इच्छाको सम्मान गरेसरह हो ।’

‘त्यसकारण मैले ढिलै सही तर सधैंका लागि उत्तर कोरियामा बस्ने निर्णय गरेको छु ।’

दक्षिण कोरियाली मिडियाका अनुसार चोका लागि उत्तर कोरियाको बसाई सजिलो रहेन र उनलाई ‘देशद्रोहीको छोरा’ को उपमान दिइएको थियो ।

उनले थुप्रै पटक जागिर छोड्नुपरेको पनि बताइन्छ । रिपोर्टका अनुसार उनले उत्तर कोरियाबाट आमाले पठाएको पैसाबाट जीवन गुजारा गर्नुपर्‍यो । उनकी आमाको सन् २०१६ मा मृत्यु भएको थियो ।

हालका वर्षमा चो थुप्रै पटक उत्तर कोरिया गएका थिए र आफ्नी आमाको अन्तिम संस्कारमा पनि उनी त्यहाँ गएका थिए ।

को थिए उनका आमा–बुवा ?

चो इन–गुकका बुवा चो तोक–सिन सन् १९६० को दशकमा दक्षिण कोरियाका विदेशमन्त्री थिए । सन् २०७० मा उनी अमेरिका गए र दक्षिण कोरियाका सैन्य नेता पार्क चुंग–हीको सरकारको कट्टर आलोचना गरिरहे ।

एक दशकपछि सन् १९८६ मा उनी त्यतिबेला चर्चामा आए जब उनी आफ्नी श्रीमती रयू–मी–योंगसँग उत्तर कोरिया गए । उनले  आफ्ना पाँच जवान सन्तानलाई दक्षिण कोरियामा नै छोडेका थिए ।

नयाँ देशमा श्रीमान्–श्रीमती दुबै विशिष्ट राजनीतिक वर्गमा संलग्न भए । चो तोक–सिनको सन् १९८९ मा मृत्यु भयो र रयू मी–योंगले आफ्ना श्रीमानको पदमा रहेर एक धार्मिक पन्थको नेतृत्व सम्हालिन् । उनले अन्य पदमा रहेर पनि  काम गरिन् ।

यो परिवारको उत्तर कोरियाको नेतृत्वसँग पुरानो नाता छ । जापानी राजविरुद्ध संघर्षको क्रममा चो इन–गुकका हजुरबुवा उत्तर कोरियाका संस्थापक किम इल–सुंगका सल्लाहकार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप