शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई आर्थिक सहयोग

मङ्गलबार, २४ असार २०७६, १९ : १९
मङ्गलबार, २४ असार २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई २ लाख ५० हजार ७ सय २५ बराबरको आर्थिक सहयोग गरेको छ । 

गैर सरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि ट्रस्ट महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको छ । 

बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिनेछ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप