मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनजीओको उत्पत्ति नै अहिलेको दुर्गतिः नागरिक अगुवा देवेन्द्रराज पाण्डेको अनुभूति

‘नेतालाई दर्शक बनायौं, तर आफ्नो क्षमता जोगाउन सकेनौँ’
मङ्गलबार, २४ असार २०७६, १५ : ५२
मङ्गलबार, २४ असार २०७६

म अहिलेको राजनीतिक वस्तुस्थितिबारे केही भन्न चाहन्नँ ।  अहिलेको वस्तुस्थिति, हामीले भोगिरहेको सामुहिक पीडा र भविष्यको चिन्ता र कतिपय कुरामा वर्तमानमै जुन चिन्ता छ, त्यो राजनीतिक गैरजिम्मेवारीपन, दिशाबोध नहुनु र नेतृत्वको चरित्रले गर्दा भएको सबैलाई थाहा भएको कुरा हो ।

त्यसलाई फेरि दोहोर्‍याएर काम छैन । आज म नागरिक आन्दोलनबारे आफूले जानेको केही सूचना प्रवाह पर्न आएको छु । नागरिक आन्दोलन जन्मनुको १० दिनअघिसम्म पनि नागरिक आन्दोलित भएर सडकमा उत्रिन्छौँ भनेर हामीलाई थाहा थिएन । हामी नागरिक आफ्नो अधिकारबारे सचेत र मुलुकको अवस्थाबारे चिन्तित थियौँ, विभिन्न थलोमा विभिन्न प्रयास गरिरहेका थियौँ ।

हामी  आन्दोलनकारी भएर त्यसरी सडकमा उत्रिएर एक प्रकारले राजनीतिक पार्टीहरुको पनि अगुवाई पुग्यौँ । त्यो कुनै योजनाबद्ध थिएन । हामीले कुनै संगठन पनि बनाएका थिएनौँ । एक पक्षले जित्ने अर्को पक्षले हार्ने सम्भावना कम हुँदै गरेको स्थितिबीच चम्केको जनयुद्धको त्यस्तो अवस्थामा फसिरहेको जस्तो लागेको थियो मलाई ।

संसद विघटन र ज्ञानेन्द्रको हस्तक्षेप अधिनायकवादी शैलीमा देखिएपछि राजनीतिक दलहरु दोहोरो पीडामा थिए । त्यसो हुनमा तत्कालीन नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलको कामदारवादी चरित्रको पनि हात थियो ।

त्यो अवस्थामा संसद विघटन र ज्ञानेन्द्रको हस्तक्षेप अधिनायकवादी शैलीमा देखिएपछि राजनीतिक दलहरु दोहोरो पीडामा थिए । त्यसो हुनमा तत्कालीन नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलको कामदारवादी चरित्रको पनि हात थियो ।

उनीहरुले ०४८ सालदेखि त्यही (२०४६ सालको संविधान) संविधानले विभिन्न शक्तिलाई निर्धारण गरेको जिम्मेवारी निर्वाह गरेनन् । उनीहरुले मुलुक वस्तुगत, सामाजिक, आर्थिक र सांस्कृति विविधतालाई नजरअन्दाज नगरेर सम्बोधन गर्न सकेको भए, त्यो बेला हावा चलेको आर्थिक उदारवादी बन्दै नेपाली समाजको अर्थतन्त्रको वस्तविक अवस्थालाई नविर्सिदिएको भए हामीले न आन्दोलन गर्नुपर्थ्यो, न माओवादी जनयुद्ध फल्ने(फुल्ने अवस्था हुने थियो ।

जब जनतामा पीडाबोध हुन्छ,  समाजमा अपहेलित र स्थान नपाएको भएको महसुस हुन्छ र आफ्नो सन्तानको भविष्य नदेखेर मानिस आक्रोशित हुन्छ । उसले विकल्प खोज्छ ।  त्यो विकल्पका रुपमा माओवादीले फल्नेफुल्ने अवसर पायो । त्यसैबेला हामीले अब के गर्ने त भन्ने छलफल गर्न थाल्यौं । माओवादीको मूल माग के हो त भनेर कुरा पनि गर्न थाल्यौं । हामीलाई लाग्यो, संविधानसभा भनेर माओवादीले ठिकै भनेका छन् । उसले जनताले संविधान बनाएर जनताको निम्ति जनताले शासन गर्ने कुरा गरेको थियो । त्यो माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट कुरा होइन । त्यो प्रतिस्पर्धात्मक राजनीतिबाट जनताले आफ्नो संविधान बनाउने कुरा थियो । यो कुरा सात दललाई भेटेर सम्झाउन मन लाग्थ्यो । कहिलेकाँही माओवादीलाई भेटेर यो युद्धले देशलाई कहीँ पुर्याउने छैन, राज्यका र तिमीहरुका तर्फबाट थप मान्छे मर्नेमात्र हुन् भनेर सम्झाउन मन लाग्थ्यो । २०६१ साल माघअगाडि पनि हामी यसरी छलफल गरिरहन्थ्यौं । सात दल र माओवादी मिलिदिए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो । यो विषयमा मेरा साथी श्याम श्रेष्ठको मूल्यांकनको अफिसमा हामी १०–१५ जम्मा भएर छलफल गरिरहन्थ्यौँ । त्यस्तै, डाक्टर द्वय भरत प्रधान सरोज धितालसँग पनि छलफल हुन्थ्यो ।

राजनीतिक दलको कायरत

संसद भंग भएको थियो तर सात दलले संसद भंग भएको नमान्ने,  हाम्रो संसद छँदैछ भनेर हिँडिरहेका थिए । संसद बस्ने पनि भनिरहेका थिए । उनीहरु अहिले भोटाहिटीमा कहिले, रत्नपार्कमा जम्मा हुन्थे । तर त्यो अन्दोलन कहीँ पुगिराखेको थिएन । मलाई पनि त्यो बाटोबाट कही पुगिँदैन लाग्थ्यो । तर कता कता कहीँ पुगिदिए नि हुन्थ्यो भन्ने लाग्थ्यो ।

०६२ साउन एक दुई गतेको कुरा हो उनीहरुले ( राजनीति दल)  प्रज्ञाप्रतिष्ठान भवनमा संसद बस्ने घोषणा गरे । मलाई खुसी लाग्यो । बिहान ११ बजे संसद बैठक बस्ने भनिएको थियो । म पनि एकजना साथी लिएर समयमै त्यहाँ पुगेँ । प्रज्ञाप्रतिष्ठानको गेटमा ताला मारेको छ । त्यहाँ प्रहरी पनि थिएन । एक जना गेटपाले थिए । गिरिजाबाबु मोटरमा आउनुभयो तर गेटमा ताला लाएको देखेर फर्किनुभयो । माधव नेपालले पनि त्यही गर्नुभयो ।

यो के विचित्र हो, एउटा प्रज्ञाप्रतिष्ठानको ढोका खोल्न नसक्नेले के संसदको ढोका खोल्न सक्छ ? त्यहाँ सांसदहरु पनि छन् तर छरिएका छन् । एक ठाउँमा भेला समेत भएका छैनन् । सामूहिक प्रयास केही छैन । म क्रान्तिकारी नहुँला तर यति त बुझेको छु । अनि उनीहरुको हर्कतले दिक्क लाग्यो ।

मलाई लाग्यो यो के विचित्र हो, एउटा प्रज्ञाप्रतिष्ठानको ढोका खोल्न नसक्नेले के संसदको ढोका खोल्न सक्छ ? त्यहाँ सांसदहरु पनि छन् तर छरिएका छन् । एक ठाउँमा भेला समेत भएका छैनन् । सामूहिक प्रयास केही छैन । म क्रान्तिकारी नहुँला तर यति त बुझेको छु । अनि उनीहरुको हर्कतले दिक्क लाग्यो । अब यसरी हुँदैन भनेर त्यो दिन एउटा बैठक राखेर हामी नागरिक अभियन्ता तात्यौँ ।

पार्टीहरुले प्रज्ञाभवनको ढोका खोल्लान्, आन्दोलन गर्लान्, हामीले समर्थन गरौँला, उनीहरुको अगुवाइमा परिवर्तन आउँला भनेर हामीले बस्ने होइन, हामीले नै अग्रसरता दिने बेला भयो भन्ने कुरामा बैठकमा भएकाहरु बीच एकमत भयो । अनि ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ भनेर बोर्डमा लेखौँ भन्ने कुरा भयो । तर यता निषेधित छ, उता निषेधित छ । अनि निषेधाज्ञा तोड्ने तयारी गर्यौँ । यो भूमि हाम्रो हो, हामीलाई खाली गर । जनतालाई आन्दोलनको लागि आव्हान गर्नेका लागि त्यो आन्दोलनको नाम ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’को नाम दियौँ । अनि ०६२ साउन १० गते ब्यानरसहित नागरिक आन्दोलन सडकमा देखियो ।

यसबाट मैले सिकेको पाठ भनेको कुनै पनि आन्दोलन योजना बनाए जस्तो होइन । आन्दोलन सुनियोजित हुँदैन, स्वस्फुर्त हुन्छ । हाम्रो आन्दोलन पनि स्वस्फूर्त रुपमा भएको हो ।

पछि पनि हाम्रा एजेण्डा स्वस्फूर्त रुपमा निर्धारण हुँदै गए । त्यसपछि जुन कार्यक्रम, उद्देश्य ल्याएर हामीले आव्हान गर्यौँ, त्यसबाट आम जनता र बैद्धिक वर्गको पनि मन छोयो र समर्थन पायो । साथै कस्तो सोच, कस्तो उद्देश्य, कस्तो कार्यक्रम, कुन स्वार्थले, के कस्तो साधनले आन्दोलन भर्ने भन्ने हामीले विवेक पुर्याउन अति आवश्यक रहेछ । हामी अनुहार देखाउने केही मान्छे थियौँ । हाम्रो व्यक्तिगत स्वार्थ केही थिएन ।

सात दल र माओवादी भिडिरहने, बीचमा अर्कोले आएर हस्तक्षेप गरेर मुलुकलाई समेत  हानी हुने काम गर्ने स्पेस बनेको स्थितिलाई फाल्नु थियो । अनि माओवादी र सात दललाई एउटा अग्रगामी एजेण्डाका साथ लोकतन्त्रको विधि अनुरुप अगाडि बढ्नका लागि सँगै ल्याउनु थियो । हाम्रो जेजति शक्ति थियो, त्यसमा लगाएको थियौँ ।

यसले आम जनतालाई आकर्षित गर्यो र देशैभरि हामीले साथ पायौं । साउन १० गतेको कार्यक्रम सफल भयो । तर हामी संगठन निमार्णमा लागेनौँ यद्यपि संगठन निमार्णको कुरा नउठेको होइन ।

मैलेपछि गाली नखाएको होइन , त्यतिबेला त्यत्रो नागरिक आन्दोलनको समर्थन थियो, संगठन बनाएको भएर हामीले चुनावमा लड्नु पथ्र्यो । हामी चुनाव जित्थ्यौँ भन्ने कुरा नआएको होइन । तर संगठन निर्माणले मतभेद पैदा हुन्छ भनेर नगरेको हो । नागरिकले हामीलाई असंगठित भएर मन पराएको हो भन्ने मेरो बुझाइ छ ।

नेतालाई दर्शक बनाइयो

हामी सत्ताकब्जा गर्न हिँडेका थिएनौं । त्यसैले, दलहरुलाई साथमा लिनैपर्ने थियो । हामीलाई राजनीति पार्टीहरुसँग सहकार्य गर्नैपर्ने थियो । पछि सत्तामा जाने उनीहरु नै थिए । हामी त नागरिक समूह मात्रै थियौं ।

दलहरुलाई अघि लाएर कहीँ पुगिँदैन भन्ने देखिइसकिएको थियो । पार्टीहरुसँग जनताको वितृष्णा थियो । हामी अप्ठेरोमा थियौं, पार्टीलाई हामीले छोड्न नमिल्ने, जनता पार्टी नचाहने । त्यसैले, हामीले एउटा जुक्ति लगायौं– नागरिकहरु बोल्ने र नेताहरुले सुन्ने ।

तर, दलहरुलाई अघि लाएर कहीँ पुगिँदैन भन्ने देखिइसकिएको थियो । पार्टीहरुसँग जनताको वितृष्णा थियो । हामी अप्ठेरोमा थियौं, पार्टीलाई हामीले छोड्न नमिल्ने, जनता पार्टी नचाहने । त्यसैले, हामीले एउटा जुक्ति लगायौं– नागरिकहरु बोल्ने र नेताहरुले सुन्ने ।

त्यसपछि हामीले बानेश्वरमा पार्टीका नेतालाई दर्शकदीर्घामा राखेर कार्यक्रम गर्यौं । मैले गिरिजाबाबुलाई भनेँ – गिरिजाबाबु हामीले यस्तो काम गरिरहेका छौं, तपाईंले कहिले नगरेको काम गर्नुपर्यो । उहाँले के भनेर सोध्नुभयो । मैले भनेँ जनता बोल्ने, तपाईंले सुन्ने ।

सुरुमा त उहाँले बुझ्नु भएन, तर राम्रोसँग बुझाएपछि हुन्छ भन्नुभयो । त्यहाँ गिरिजाबाबु, रामचन्द्र पौडेल, शेरबहादुर  देउवा, माधव नेपालसहित सबै राजनीतिक दलका अधिकांश नेताहरु आउनुभयो । त्यहाँ श्रवण मुकारुङले ‘बिसे नगर्चीको बयान’ भन्ने कविता सुनाए, गन्र्धव (रुविन) भाइले सारंगी रेटेर क्रान्तिकारी शैलीमा गीत गाए, अर्जुन पराजुलीले हास्यव्यङ्ग्य शैलीमा कविता सुनाए । कृष्ण पहाडी, म लगायतले भाषण गर्यौं । यसरी पार्टीहरुलाई हामीले आन्दोलनमा ल्यायौं । यसपछि आन्दोलन देशव्यापी भयो । हामी पनि विभिन्न जिल्लाहरुमा जान थाल्यौं । ललितपुर, भक्तपुर र कीर्तिपुरमा पनि बृहत् कार्यक्रम हुन थाले । हाम्रो कार्यक्रम पनि गजबको थियो । वक्ताहरु पनि एक सय एक थिए । कृष्ण पहाडीलगायतको धँुवादार भाषणले जनमानसलाई निकै तताउँथ्यो । योबीचमा पार्टीहरुले पनि जनताको सहभागिता र साथ पाए । सात दलका नेताले पनि अन्तिम बिन्दुसम्मसँगै थिए । त्यसमा पनि युवा नेताहरु गगन थापा, रामकुमारी झाँक्रीहरु थिए । यस्तै नरहरि आचार्य, कृष्ण खनालहरु पनि निकै सहभागी हुन्थ्यो । अन्ततः ज्ञानेन्द्र पराजित भए र संसद पुनःस्थापना भयो । हाम्रो लक्ष्य संसद पुनःस्थापना मात्र थिएन ।

दलहरुप्रतिको आशंका

तस्विरः शालिग्राम तिवारी

हाम्रो काम सकियो भनेको नसकिँदो रहेछ । यसपछि हामीलाई अर्को संकट आयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु पर्ने । उनीहरुसँग भएको १२ बुँदे सम्झौता आदिका कारण दलहरुलाई सजिलो थिएन, तर हामीलाई भने शंका भइरहन्थ्यो । कताकता संविधानसभा नै तुहिने पो हो कि ? संविधानसभा नै तुहियो भने हामीले परिकल्पना गरेको राज्यको पुनर्संरचना के हुने हो ? समाजको रुपान्तरणको एजेन्डा के हुने हो ? काठमाडौं केन्द्रित राज्य व्यवस्थामा परिवर्तन गर्नु थियो, दलहरुले नगर्ने हुन् कि भन्ने शंका भयो ।

तस्विरः शालिग्राम तिवारी

त्यसपछि हामीले हाम्रो आन्दोलन जारी छ है भन्ने सन्देश दिएर वक्तव्य निकाल्यौं । हामीले भन्यौं– हाम्रो एजेन्डा संविधान सभा, राज्यको पुनर्संरचना हो । हामीले सडकमा कार्यक्रमहरु पनि पनि गर्न थाल्यौं । यस क्रममा नागरिक आन्दोलनलाई दुई कोणबाट प्रहार हुन थाल्यो । हाम्रा पार्टीहरुको अन्तरनिहित ध्येय भनेको यथास्थितिवाद नै हो । त्यसैले उनीहरुका लागि हामी एकाएक अग्राह्य भयौं ।

क्रमशः नागरिक आन्दोलन शिथिल हुँदै गयो । यसपछि पनि हामीले संविधानसभाको कार्यकालभरि कुनै न कुनै किसिमले दबाव जारी राख्यौं । तर, हाम्रो आवाज भने निकै कमजोर भइसकेको थियो । अहिले मलाई लाग्छ, हाम्रो आन्दोलन क्षय नभएको भए पहिलो संविधानसभाबाट नै हामी संविधान बनाउन लाउँथ्यौं र अग्रगामी एजेन्डा छोड्न दलहरुलाई दिने थिएनौं ।

अर्कातिर, ती पार्टीका युवाहरुले पनि साथ छोडिदिए । यसपछि क्रमशः नागरिक आन्दोलन शिथिल हुँदै गयो । यसपछि पनि हामीले संविधानसभाको कार्यकालभरि कुनै न कुनै किसिमले दबाव जारी राख्यौं । तर, हाम्रो आवाज भने निकै कमजोर भइसकेको थियो । अहिले मलाई लाग्छ, हाम्रो आन्दोलन क्षय नभएको भए पहिलो संविधानसभाबाट नै हामी संविधान बनाउन लाउँथ्यौं र अग्रगामी एजेन्डा छोड्न दलहरुलाई दिने थिएनौं । सामान्यतया तत्काल फेरि आन्दोलन गर्नुनपर्ने गरी संविधान बनाउन लगाउँथ्यौं । त्यसै आएको होइन, माओवादी जनयुद्ध छोडेर वार्ता गर्नका लागि । उनीहरुको पनि प्रयास होला तर त्यति मात्र होइन । माओवादीले जुन हदसम्म लोकतान्त्रिक पद्दति मान्न तयार थिएन, फेरि जनवादी क्रान्तिकै कुरा गरेर राज्यसत्ता एकहोरो रुपमा कब्जा गर्ने कुरा गर्थे त्यसलाई तह लगाउने सामर्थ्य हामीमा थियो ।

अन्य पार्टीहरुलाई पनि समावेशी राज्यका लागि कुन मधेसी, कुन पाहाडी, कुन दलित, कुन महिला, कुन जनजाति आदि कुराको भेदभाव नगरि नेपाल राष्ट्र जस्तो छ, त्यस्तै राज्य बनाउन लगाउन सक्थ्यौं । हामीले राष्ट्र एउटा राज्य अर्को हुँदैन भन्नसक्ने खुबी राखेका थियौं । त्यो गर्ने क्षमता क्षय भएका कारणले पनि संविधान बनेन, फेरि दोस्रो संविधानसभाबाट संविधान बन्यो ।

त्यसमा पनि कताबाट के आयो, कसको हस्तक्षप भयो,  देशी – विदेशीले के गरे ? कतिपयका लागि त्यो संविधान अपूर्ण भयो । यसमा पनि मलाई धेरै चिन्ता छैन । मुलुक लिगमा हिँडेदेखि त्यसलाई संशोधन गर्न गाह्रो छैन ।

यो आन्दोलनमा लाग्नु, अगुवाई गर्नुको कारण म निस्वार्थी वा जोगी भएर होइन । मेरो पनि आफ्नो आकांक्षा थियो, विकासले गति लिएको हेर्ने । कर्मचारी भएर हेर्दा पनि सकिएनँ, २०३६ सालमा जागिर छोडेर लाग्दा पनि भएन । २०४६ सालको आन्दोलनमा लाग्दा पनि भएन । अब त हुन्छ कि भनेर लागेको थिएँ ।

त्यो विकास भनेको अहिले भनेको जस्तो विकास होइन, समावेशी विकास हो । जसमा सबैको सहभागिता हुन्छ र प्रतिफलमा सबैको शेयर हुन्छ । तर, अहिले पनि त्यो गर्नसक्ने अवस्था बनेन ।

नागरिक आन्दोलन र एनजिओ करण

हामी कहाँ छिर्ने क्रममा एक दुई जना सहयोगी चाहियो । अनि नागरिक समाज एनजीओकरण हुन पुग्यो । पहिले एनजीओले शुद्ध विकासे काम गर्थे । केही नागरिक समाजका प्रतिनिधिको साथ पाएर उनीहरुले नागरिक समाजको चरित्र लिएर राज्य सत्तालाई दबाब दिने काम गर्न थाले ।

नेपाल ०४६ सालअघि नागरिक आन्दोलन भन्ने शब्द नै थिएन । त्यो ०४६ सालको नागरिक आन्दोलन सफल भएपछि जन्मिएको हो । त्यही बेला सोभियतसंघको विघटन भयो । अरु राज्यमा पनि विद्रोह हुन थाल्यो । अब कम्युनिस्ट ढल्यो भन्दै पश्चिमा जहाँ त्यही लोकतन्त्रिक हुने भयो भनेर खुसी हुन पुग्यो । उसलाई त्यतिले मात्र पुगेन । मानवअधिकार, नागरिक समाज भन्दै सबै ठाउँमा छिर्यो । अनि हामी कहाँ पनि छिर्यो ।

हामी कहाँ छिर्ने क्रममा एक दुई जना सहयोगी चाहियो । अनि नागरिक समाज एनजीओकरण हुन पुग्यो । पहिले एनजीओले शुद्ध विकासे काम गर्थे । केही नागरिक समाजका प्रतिनिधिको साथ पाएर उनीहरुले नागरिक समाजको चरित्र लिएर राज्य सत्तालाई दबाब दिने काम गर्न थाले ।

उनीहरुको स्रोत साधन बन्दै गयो । पछि गएर पार्टीको पनि आँखा लाग्यो र पार्टीकरण पनि भए । तर हामीलाई पनि ०४६ सालमै एनजीओ प्रवेश गर्छ कि भन्ने चिन्ता थियो । तर हामी सजग थियौं । हाम्रो छलफलमा एनजीओको मान्छेलाई प्रवेश हुन्थ्यो तर एनजीओलाई प्रवेश गर्न दिँदैन थियौं । अहिले एनजीओकरणलाई नियन्त्रण गरौैँ भनेर आवाज उठ्छ, तर आफैलाई नियन्त्रण गरिदिन्छ । एनजीओको उत्पत्ति नै अहिलेको दुर्गति हो ।

(सोमबार मार्टिन चौतारीमा आयोजित नागरिक आन्दोलसम्बन्धि अन्तक्रिया कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले राखेको विचारको सम्पादित अंश । प्रस्तुति: लोकेन्द्र भट्ट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. देवेन्द्रराज पाण्डे
डा. देवेन्द्रराज पाण्डे
लेखकबाट थप