बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा रेलमा भेटियो चेतावनीसहित बम

बिहीबार, २६ साउन २०७४, १० : ३६
बिहीबार, २६ साउन २०७४

अमेठी । भारतको अमेठीमा बुधबार राती अकाल तख्त एक्सप्रेस रेलमा बम फेला परेको छ । 

रेलको दुईवटा डब्बालाई तुरुन्त खाली गराएर बम निश्क्रिय बनाइएको प्रहरीले जनाउँदै रेल आफ्नो पूर्व निर्धारित गन्तव्यमा प्रस्थान गरिसकेको जनाएको छ ।

‘कम शक्ति भएको विस्फोटक पदार्थ भेटिएको थियो । त्यसलाई निश्क्रिय बनाएपछि रेल आफ्नो गन्तव्यमा प्रस्थान गरेको थियो,’ रेलवे प्रहरीका एसपी सौमित्रा यादवले भनिन् ।

प्रहरीका अनुसार विस्फोटकसँगै चेतावनीसहितको पत्र पनि भेटिएको थियो । पत्रमा दुजानाको शाहदतका लागि भारतले मूल्य चुकाउनुपर्ने बताइएको छ ।

अमृतसरका लागि प्रस्थान गर्न लागेको रेलको ट्वाइलेटमा उक्त विस्फोटक भेटिएको बताइएको छ ।

लश्करका कमाण्डर अबु दुजाना गत अगस्त १ मा पुलवामामा भएको सुरक्षाकर्मीको इन्काउन्टरमा मारिएका थिए । दक्षिणी कश्मिरमा भएका विभिन्न हमलाका उनी मास्टरमाइन्ड रहेको बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप