बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हंसपुर नगरपालिकाकी उपमेयरले लेखिन्,‘मलाई केही भए तत्काल मेयरलाई समात्नु’

मङ्गलबार, २४ असार २०७६, १४ : ५४
मङ्गलबार, २४ असार २०७६

जनकपुर– धनुषामा सबैभन्दा विवादित नगरपालिकाको रुपमा रहेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको संग्लनतामा व्यापक अनियमितता भएको रहस्य खुलेको छ । सो नगरपालिकाका मेयर मण्डलले आर्थिक कार्यविधि नियमावली २०६४ को विपरित अनियमितता गरेको पाइएको हो । 

नगरपालिकाका प्रमुख मण्डलले भ्रमण र मोबाइल खर्चमा समेत व्यापक घोटला गरेको पाइएको छ । प्राप्त विवरणअनुसार २०७४ चैत २१ गतेदेखि ०७४ चैत २९ गतेसम्म, २०७४ मंसिर १५ गतेदेखि २०७४ असोज २७ गतेदेखि २०७४ कातिक १ गतेसम्म काठमाडौं भ्रमण गरेवापत लिइएको ५ लाख ७७ हजार रुपैयाँको कुनैपनि प्रकारको विल भरपाई देखिन्न् । लेखा परीक्षक कार्यालयले समेत सो रकम असुल्न सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाममा समेत जथाभावी रुपमा भत्ता बुझेका छन् भने विना प्रक्रिया पु¥याएर नगरपालिकबाट भत्ता बुझेका छन् ।  त्यस्तै उनले भ्रमण खर्च नियमावली विपरित भत्ता बुझेका छन् । नियमाअनुसार १५ किलोमिटर भन्दा टाढाको दुरीमा दैनिक भत्ता पाउने व्यवस्था भएको तर त्यो भन्दा कम दूरीमा भत्ता लिन पाइँदैन ।  

उनले भने १५ किलोमिटरभित्रै अनुगमन भत्ता बुझेका छन् । सो क्रममा नगरप्रमुख मण्डलसहित ६ जनाले बहुक्षेत्रीय पोषण योजनाको अनुगमन तथा मूल्याँकनवापत ६० हजार भत्ता बुझेको पाइएको छ । उनले आफुसँगैका कर्मचारीहरुलाई खुसी राख्नका लागि समेत नियम विपरित भत्ता वितरण गरेका छन् । जनस्वास्थ्य संयोजक विगुल यादव र लेखापाल अरविन्दकुमार दासलाई स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षणवापत २७ हजार रुपैयाँ भत्ता लिएका छन् ।

त्यस्तै सञ्चार खर्चमा समेत मेयर मण्डलले अनियमितता गरेका छन् । गत आर्थिक वर्षमा नगरपालिकामा सञ्चार खर्चको नाममा करिब ३४ हजार रुपैयाँको भौचरकार्ड (चिरार्च) खरिद गरिएको उल्लेख लेखा परिक्षक प्रतिवेदनमा उल्लेख छ । हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनको लागि मोवाईल समेत नगरपालिकाको नाममा खर्च गरी खरिद गरिएको छ । मोवाइल कसलाई दिएको वा किन खरिद गरिएको सोको विवरण खुलाइएको छैन । २०७५ असार ३२ गतेबाट नगरपालिकले तिरुपति मोवाईल रिपेयरिंग सेन्टरबाट मोवाईल एक थान १४ हजार ४ सय ९९ रुपैयामा खरिद गरेको खर्च उल्लेख गरिएको छ । उक्त मोवाइल कुन प्रयोजनका लागि लिइएको हो भन्ने कुरा समेत नखुलाई खर्च लेखेको देखिएको छ ।

यता, उपमेयर रेणु झाले आफुले मेयर रामज्ञान मण्डलको कारण असुरक्षित रहेको बताइएकी छिन् । समाजिक सञ्जालमा आफुलाई मेयर मण्डलको निर्देशनमा विभिन्न प्रकारले धम्कीहरु आउने गरेको जनाइएकी छिन । समाजिक सञ्जालमा उनले आफुले विभिन्न योजनाहरुको अनुगमनको क्रममा व्यापक अनियमितता देखिएकोबारे बोल्न खोज्दा आफुलाई धम्की आउने गरेको बताइन् । उपमेयर झाले समाजिक सञ्जालमा लेखेकी छिन्, ‘मेरो अनुगमनको बेला मलाई विभिन्न धम्की दिइन्छ, यो मलाई र मेरो परिवार समेतलाई केही भए हंसपुरको मेयरलाई समात्नु, म अब धेरै भयभित भएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप