बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि जित्दै नेपाल युवा एशिया कपका लागि छनौट

मङ्गलबार, २४ असार २०७६, १२ : ५५
मङ्गलबार, २४ असार २०७६

फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधिमाथि कब्जा जमाएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए ।

त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३.१ ओभरमा मात्र ९५ रन मा समेटियो ।

हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप