केन्द्रीय संस्करण

वैकल्पिक ऊर्जामा उन्नत प्रविधिको प्रस्ताव

प्रचलनमा रहेको बायोग्याँसभन्दा उन्नत होमबायोग्याँसले घरघरमा पाइपलाइनको सपना पूरा गर्नसक्छ, जसले ऊर्जाप्रतिको निर्भरता घटाउनेछ

person explore access_timeअसार २४, २०७६ chat_bubble_outline0

२०७२ सालमा आएको महाभूकम्पपछि नेपालमा उत्पन्न ऊर्जा सङ्कट नेपाली समाजले दीर्घकालसम्म बिर्सने छैनन् । भूकम्पले पु¥याएको मानवीय र भौतिक क्षतिको सामना गर्न हामीले धेरै नै प्रयास गर्यौँ र अझै पनि गरिरहेका छौँ । क्षति पुगेका भौतिक संरचना र भत्केका घरलाई क्षमता अनुसार उठाउँदै आएका छौँ । ध्वस्त गाउँ र बस्ती बिस्तारै पहिलेको अवस्थामा उठ्दैछन् । 

भूकम्प प्राकृतिक प्रकोप भएकाले यस्ता प्रकोपसँग जुध्न  सावधानी, आवश्यक पूर्वतयारी र शीघ्र उद्धार तथा राहत आवश्यक हुन्छ । तत्कालीन समयमा हामीले यथाशक्य त्यो कार्य पनि गर्यौँ । 

यस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यून गर्न सक्छौँ । तर अहिलेको जसरी वातावरण विनाश गदै जनो हो भने यस्ता प्राकृतिक प्रकोपको सामना हामीले बारम्बार भोग्नुपर्नेछ । निरन्तर बढिरहेको कार्बन उत्सर्जन र वन विनाशका कारण पृथ्वीको तापक्रम बढिरहेछ । यो वातावरणीय सङ्कट मानिस आफैँले सिर्जना गरेको कर्मको फल हो । यस्ता कर्म हुन्– अनवीकरणीय ऊर्जाको अत्यधिक प्रयोग,  खाना पकाउने इन्धन, यातायातका साधनमा अनवीकरणीय ऊर्जाको प्रयोग, दाउरा र जीवाश्म इन्धन आदि । किनभने दाउराको अत्यधिक उपयोगले वन विनाश गर्छ । लाखौँ वर्षसम्म जमिनमुनि रहेको जीवका अवशेषबाट बनेको पेट्रोल, एलपीजी (लिक्विड पेट्रोलियम ग्याँस), डिजेल आदि इन्धन एक पटक प्रयोग भएपछि पुनः तयार हुन कैयौँ वर्ष लग्छ ।  यस्ता स्रोतको अत्यधिक दोहनले विश्वमा ऊर्जा सङ्कट नै सिर्जना हुन्छ । अर्कोतर्फ यस्ता खाले इन्धन उपयोग गर्दा त्यसबाट कार्बनडाइ अक्साइड, कार्बनमोनो अक्साइड जस्ता हरितगृह ग्याँसका कारण पृथ्वीको तापमान बढ्दै गइरहेको छ । 

नेपालमा जीवाश्म इन्धनको उपयोग मूलतः खाना पकाउन र यातायातका साधन चलाउन हुने गरेको छ । त्यसमा पनि खाना पकाउन हुने दाउराको उपयोगले धेरै हिस्सा ओगट्छ । 
अब यसको विकल्प खोज्ने बेला आइसकेको छ । यातायात क्षेत्रमा जीवाश्म इन्धनको विकल्प मुख्यतः जलविद्युत हुनसक्छ । तर यसका लागि लामो समय लाग्नेछ । एकातर्फ आवश्यक मात्रामा जलविद्युत उत्पादनका लागि बढी नै लगानी र समय चाहिन्छ । अर्कोतर्पm जीवाश्म इन्धनको जति जलविद्युतको क्षमता पुष्टि भइसकेको छैन । खाना पकाउने इन्धनको विकल्प भने खोज्न सकिन्छ । यस्तो विकल्पको प्रयोगले हामीलाई वनविनाश हुनबाट पनि जोगाउँछ किनभने नेपालमा खाना पकाउने इन्धनका रूपमा दाउराको प्रयोग पनि उत्तिकै मात्रामा हुने गरेको छ । 

क्षेत्रगत ऊर्जा खपत
ऊर्जा खपतबारे सही, भरपर्दो र अद्यावधिक तथ्याङ्क फेला पार्नै गाह्रो छ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कबाट मोटामोटी धारणा बनाउँदा खाना पकाउन सबैभन्दा बढी ऊर्जा खपत हुने देखिन्छ । खाना पकाउन कुल ऊर्जा खपतको ७५ प्रतिशत खपत हुन्छ भने यातायातमा १३ र उद्योग, कलकारखानामा ७ प्रतिशत खपत हुनेगरेको पाइन्छ । 

तालिका ३.२.१ तथा ३.२.४ ले नेपालमा सबैभन्दा बढी दाउराकै प्रयोग हुने देखाउँछ (तालिका स्रोतः WECS) । त्यसपछि पेट्रोलियम पदार्थ र विद्युतको खपत हुने गरेको छ । तर दाउराको खपत र अन्य ऊर्जा स्रोतको खपतबीच ठूलो अन्तर छ । यो निकै डरलाग्दो समस्या हो ।


खाना पकाउन भएको ऊर्जा खपत
खाना पकाउने इन्धनको रूपमा प्रयोग हुने ऊर्जाका स्रोतहरू सहर र गाउँमा फरक छन् । सहरी क्षेत्रमा खाना पकाउनका लागि सबैभन्दा बढी एलपीजी प्रयोग हुने गरेको छ । सयमा ४० जनाले एलपीजी प्रयोग गर्ने गरेका छन् । त्यसपछि दाउरा र मट्टीतेलको खपत हुने गरेको छ । विद्युत, प्राकृतिक ग्याँसको प्रयोग एकदमै न्यून हुने गरेको छ । 

 
ग्रामीण क्षेत्रमा भने दाउराको प्रयोग अत्यधिक हुने गरेको छ । सयमा ८१ जनाले दाउराको प्रयोग गर्ने गरेका छन् । दोस्रो स्रोत गोबरको प्रयोग हो । गुइँठाजस्ता गोबर र घुर मिश्रित ऊर्जाका स्रोतको  प्रयोग सयमा ९ जनाले गर्ने गरेका छन् । एलपीजीको प्रयोग भने सयमा करिब चार जनाले मात्रै गर्छन् ।


 
खाना पकाउन उपयोग हुने ऊर्जाको अध्ययन चुलोको आधारमा पनि गर्न सकिन्छ । तालिका २ ले सन् २०१५ मा नेपालमा भएको ऊर्जा खपतको प्रकृति र २०३० सम्म यसमा कस्तो परिवर्तन आउनेछ भन्ने जनाउँछ । 


नोट : तालिकाले घरसङ्ख्या जनाउँछ । कोष्ठकमा उल्लेख गरिएको सङ्ख्याले कूल घरसङ्ख्याको प्रतिशत जनाउँछ ।
(स्रोत : इन्भेस्टमेन्ट प्रस्पेक्टस फर क्लिन कुकिङ सोलुसन्स इन नेपाल ।)

तालिका १ ले बताउँछ, सन् २०१५ मा नेपालमा सबैभन्दा बढी परम्परागत चुलोको प्रयोग हुने गरेको थियो । अर्थात् दाउराकै प्रयोग बेसी हुने गरेको थियो । एलपीजी प्रयोग हुने चुलो दोस्रो नम्बरमा आउँछ । २०३० मा यो आँकडामा पूरै परिवर्तन आउने आँकलन गरिएको छ । त्यतिबेला परम्परागत चुलोको प्रयोग तेस्रो पङ्क्तिमा आउनेछ ।

ऊर्जा खपतको मूल्य
विभिन्न स्रोतबाट प्राप्त हुने ऊर्जा खपतको आफ्नै मूल्य छ । हरेक ऊर्जाका स्रोत प्रयोग गर्दा केही न केही मूल्य त लाग्छ नै तर अनवीकरणीय ऊर्जाका स्रोतहरूको प्रयोगले ऊर्जा खपतको मूल्य बढाउँछ । ऊर्जा खपतको मूल्य हिसाब गर्दा आर्थिक खर्च मात्र नभई वातावरणमा पारेको असर र स्वास्थ्य समस्यालाई समेत जोेडेर गर्नुपर्छ ।

वातावरण विनाशः
ग्रामीण क्षेत्रमा खाना पकाउन इन्धनको रूपमा सबैभन्दा बढी प्रयोग हुने दाउरा हो । तर वर्षभरिमा खाना पकाउनकै लागि ठ्याक्कै कति काठ जलाइन्छ भन्ने तथ्याङ्क उपलब्ध छैन । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कबाट एउटा अनुमानित तथ्याङ्क निर्माण गर्नुपर्ने हुन्छ । वर्षभरि पेट्रोल, डिजल, मट्टीतेल, एलपीजी लगायतका इन्धन प्रयोगको वार्षिक विवरण नेपाल आयल निगमले दिन्छ । नेपाल विद्युत प्राधिकरणले विद्युत उपभोगको तथ्याङ्क उपलब्ध गराउँछ । त्यहीँ आधारमा वर्षभरि यी इन्धनको प्रयोग कटाएर रहने भाग दाउरा लगायतका ठोस जैविक इन्धनहरूले पूर्ति गर्छन् भन्ने अनुमान गरिएको छ । यो अनुमानअनुसार नेपालमा खाना पकाउनकै लागि प्रतिवर्ष एक करोड ७० लाख टन दाउरा खपत हुने गरेको छ । 

-Source:https://energypedia.info/wiki/Nepal_Energy_Situation#Energy_Consumption)

‘बायोमास इनर्जी सपोर्ट प्रोग्राम २०१२’ र ‘इस्याप रिपोर्ट २०१३’ (भ्क्ब्ए च्भउयचत द्दण्ज्ञघ) ले पनि यस्तै तथ्याङ्क देखाउँछ । ती तथ्याङ्कअनुसार एउटा परिवारले बर्सेनि २५ सयदेखि ३५ सय किलोसम्म दाउरा प्रयोग गर्छ । औसतमा पाँच जनाको एक परिवार हुन्छ भन्ने आधारमा यो तथ्याङ्क निकालिएको हो । त्यसरी हेर्दा करिब ५० लाख परिवार अहिले पनि दाउरामा आधारित छ ।

यो दाउरा खपतको हिसाब गरौँ । एक करोड ७० लाख टनमध्ये सबै काठ हुने दाउरा नहुनसक्छन् । हाँगाबिँगाबाट काठ बन्दैन । त्यसैले एक करोड टन काठको रूपमा र ७० लाख टन केवल दाउराका रूपमा मात्र प्रयोग हुनसक्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । 

१ करोड टन दाउरा पुर्याउन करिब ८८ लाख क्युबिक मिटर अर्थात् ३० करोड क्युबिक फिट आयतन बराबरको सालको काठ चाहिन्छ । बजारमा सालको काठको मूल्य प्रतिक्युविक फिट ४५ सय रूपैयाँ छ । दाउराका लागि अरू पनि काठ प्रयोग गरिने भएकाले प्रतिक्युविक फिट काठको २५०० रूपैयाँले हिसाब गरौँ । यसरी हिसाब गर्दा बर्सेनि हामीले करिब सात खर्ब ५० अर्ब बराबरको काठ जलाइरहेका हुन्छौँ ।

मुस्किलले कुल गार्हस्थ उत्पादन २७ खर्ब ९७ अर्ब ५० करोड जति भएको देशले यति धेरै काठ जलाउँछ भन्ने थाहा पाउँदा जसको पनि मथिङ्गल हल्लिन्छ । 

दाउरा मात्र हुनसक्ने ७० लाख टन काठको हिसाब गरौँ । प्रतिकिलो १५ रूपैयाँको दरले हिसाब गर्दा ७० लाख टन बराबर एक खर्ब पाँच अर्ब रूपैयाँ पर्न आउँछ । 

यी दुवै खर्च जोड्दा ८ खर्ब ५५ अर्ब रूपैयाँ हुन आउँछ । एक करोड ७० लाख टन दाउरा बाल्दा बर्सेनि साढे आठ खर्ब नेपाली रूपैयाँ खर्च भइरहेको हुन्छ ।  

यो भनेको नेपालको कूल ग्रार्हस्थ उत्पादनको एक तिहाइ हो । काठ (टिम्बर)को हिसाब नगरी दाउराको हिसाब मात्र गर्ने हो भने पनि यति धेरै दाउरा बाल्दा झन्डै २ खर्ब ५५ अर्ब रूपैयाँ पर्न आउँछ । 
दिगो विकास लक्ष्यको मूलभूत अवधारणाअन्तर्गत रहेर सघाइरहेका नीति निर्माता, बहुपक्षीय र द्विपक्षीय विकास सहयोगीहरूले दाउरा प्रयोगको यो मूल्यमा ध्यान दिन जरुरी छ ।

दाउरा उपयोगको अर्को आयाम पनि छ । विभिन्न स्रोतबाट उत्सर्जन भएको कार्बन बोटबिरुवाले सोस्छन् । जङ्गल नै विनाश भएपछि वातावरणमा कार्बन उत्सर्जनको मात्रा पनि बढ्छ । 

स्वास्थ्य समस्या
खाना पकाउने इन्धनको रूपमा भान्सामा दाउराको प्रयोगले स्वास्थ्यमा पारेको असर त झनै डरलाग्दो छ । अहिले पनि नेपाली समाजमा भान्सामा काम गर्ने अधिकांश महिला हुन्छन् । त्यसैले दाउराको उपयोगले उनीहरूको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार खाना पकाउने इन्धनका कारण हुने वायु प्रदूषणका कारण लाग्ने रोगबाट बर्सेनि ३८ लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमध्ये २७ प्रतिशत निमोनिया, १८ प्रतिशत मस्तिष्कघात, २० प्रतिशत श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग (सीओपीडी) र ८ प्रतिशत फोक्सोको क्यान्सरबाट ग्रसित हुने गरेका छन् ।

(Source:https://www.who.int/news-room/fact-sheets/detail/household-air-pollution-and-health)

वायु प्रदूषणका कारण स्वास्थ्य समस्या भोगेका व्यक्तिको सङ्ख्या बढ्दो छ । फोक्सोको क्यान्सर, सीओपीडी, एएलआरआई, आईएचडीलगायतका रोग मुख्यतः दाउरालगायतका परम्परागत खाना पकाउने इन्धनका कारण लाग्छ । यीमध्ये धेरै रोग आमाबुवाबाट सन्तानमा पनि सर्ने गरेको छ । 

यी सबै तथ्यले के बताउँछ भने हामी अहिले त्यस्तो ज्वालामुखीमाथि बसेका छौं जो फुट्नमात्र बाँकी छ । अनवीकरणीय ऊर्जाप्रतिको अत्यधिक निर्भरताले हामीलाई आर्थिक, वातावरणीय र स्वास्थ्य तीनै पक्षमा कमजोर बनाइरहेको छ । यो अघोषित सङ्कटको अवस्था हो, जसको विकल्प खोज्न गरिने थोरै पनि ढिलाइ अकल्पनीय दुर्घटनाको निमन्त्रणा हुनेछ । 

विकल्पको आवश्यकता
खाना पकाउनकै लागि भइरहेको यति ठूलो वनविनाशबाट अब मुक्ति खोज्ने बेला भइसकेको छ । यो प्रयत्न केवल वातावरण संरक्षणसँग जोडिएको छैन । खाना पकाउन सफा इन्धनको प्रयोग विकाससँग जोडिएको छ । दिगो विकासका १७ लक्ष्यमध्ये आठवटा लक्ष्य खाना पकाउने सफा पद्धतिसँग जोडिएका छन् । नेपालले ती लक्ष्यमा पुग्न धेरै काम गर्न बाँकी छ ।

दिगो विकास लक्ष्यहरू (एसडीजी):
१. गरिबीको अन्त्य
२. शून्य भोकमरी
३. राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर
४. गुणस्तरीय शिक्षा
५. लैङ्गिक समानता
६. सफा पानी र सरसफाइ
७. खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा
८. मर्यादित काम तथा आर्थिक वृद्धि
९. उद्योग, नवीन खोज र पूर्वाधार
१०. न्यून असमानता
११. सहर र समुदायको दिगोपना
१२. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
१३. जलवायुसम्बन्धी कार्य
१४. जलमुनिको जीवन
१५. भूसतहको जीवन 
१६. शान्ति, न्याय र सशक्त संस्थाहरू
१७. यी लक्ष्यका लागि साझेदारी  

 
खाना पकाउने विधिसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू निम्न छन्ः
                                         

 

चलनचल्तीमा रहेका ऊर्जाका विकल्पबारे चर्चा गरिरहँदा  फेलिक्स फिङ्कबेइङ्करले १३ वर्षको उमेरमै दिएको विचारोत्तेजक मन्तव्य सम्झिनु उपयुक्त हुन्छ । सन् २०११ मा उनले संयुक्त राष्ट्र सङ्घको महासभामा संसारभरका सरकार प्रमुखका सामुन्ने विश्वका सरकारहरू वातावरणसम्बन्धमा गम्भीर नभएको र ग्रह नै सङ्कटमा हुँदा पनि मौन रहेको धारणा राखेका थिए ।

फेलिक्सले ‘पृथ्वीका लागि रुख रोपौँ’ भन्ने अभियान चलाइरहेका छन् । वातावरण विनाशका विरुद्ध लड्न संसारभर एक अर्बं रुखहरू रोप्ने अभियान हो यो । यो भिडियो लिङ्कमा उनले निकट भविष्यमा हामीले सामना गर्नुपर्ने सङ्कट र त्यसबाट जोगिन गर्नुपर्ने कर्महरूबारे उल्लेख गरेका छन् । 

यति कम उमेरमै फेलिक्सले यस्तो अभियान थाल्न सक्छन् भने संसारलाई जोगाउन के हामीले केही गर्न सक्दैनौँ ? 
विकल्पको रूपमा बायोग्याँस
वायुमण्डलबाट कार्बनडाइ अक्साइडको मात्रा कम गराउन हामीले वृक्षरोपण, वन संरक्षणलगायतका सबैखाले उपाय लगाउनै पर्छ । साथसाथै दाउरा लगायतका जैविक पिण्ड (बायोमास)को उपयोगलाई पुनःविकरणीय, हरित र सफा ऊर्जाका स्रोतहरूले विस्थापन गर्नुपर्छ । 

यहाँनेर पुनःविकरणीय र सफा ऊर्जाका स्रोतबारे चर्चित वातावरणविद् अजय दीक्षितका विचार सम्झिनु उपयुक्त हुनेछ । दीक्षित काठमाडौँस्थित ‘आईएसईटी–नेपाल’का कार्यकारी निर्देशक हुन् । नेपाली टाइम्समा प्रकाशित हुने ‘परिवर्तनका लागि जलवायु’ उनको मासिक स्तम्भ बढ्दो विश्वतापमानले नेपालमा पारेको असरमा केन्द्रित छ । त्यहीँ स्तम्भको एक अङ्कमा उनले ‘नो स्मोक विद्आउट फायर’ शीर्षकमा यस्तो लेखेका छन्ः

‘अर्को चरणको आर्थिक विकासका लागि नेपालले जैविक पिण्ड (बायोमास)को विकल्पमा ध्यान दिनैपर्छ । आयातित पेट्रोलियम पदार्थ र जैविक इन्धनलाई जलविद्युत लगायतका सफा ऊर्जाले विस्थापन गर्नेतर्फ एकदमै कमजोर सार्वजनिक नीतिहरू बनाइएका छन् ।

जैविक इन्धनलाई सफा ऊर्जाका स्रोतहरूले विस्थापन गर्न हामीले जोड दिनैपर्छ । यो काम नेपाललाई कार्बनमुक्त विकास पथमा डोर्याउने सुलभ यात्रा पनि हुनसक्छ । त्यसका लागि भने सबै क्षेत्रलाई समेटेको ऊर्जा नीति आवश्यक पर्छ । त्यस्तो नीतिले मात्र विश्वव्यापी रूपमा ऊर्जामा पहुँच स्थापना गर्नसक्छ भने स्वास्थ्य सुधार, लैङ्गिक र सामाजिक समता कायम पनि गर्नसक्छ । पेट्रोलियम पदार्थका लागि हुने खर्च पनि घटाउँछ । साथै कार्बन जल्दा उत्पन्न हुने ग्याँस पनि घटाउँछ । 

यसका लागि ऊर्जा, वन तथा वातावरण मन्त्रालय, WECS, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निजी क्षेत्र र दातृनिकायसँगको सहयोगमा नेपालको वर्तमान ऊर्जा उपयोगको आधार–रेखा तय गर्नुपर्छ । उनीहरूले कार्बन उत्सर्जन नियन्त्रणमा पनि ध्यान दिनुपर्छ । त्यसो गर्दा मात्रै अन्तर्राष्ट्रिय मान्यता अनुसारको न्युन–कार्बन उत्र्सजन विकास रणनीति अङ्गीकार गर्न सकिन्छ । 

अहिले नेपालमा निर्वाचित स्थानीय सरकारहरू छन् । वातावरण संरक्षणमा यी सबैभन्दा बलिया संस्था हुनसक्छन् । गाउँपालिका, नगरपालिका, प्रान्तीय र सङ्घीय सरकार मिलेर जैविक इन्धन विस्थापनका लागि काम गर्न सक्छन् । 

नेपालले जैविक इन्धन विस्थापन गर्न विगतमा कुनै प्रयास नै नगरेको भने होइन । तर कमजोर नीतिका कारण त्यो सम्भव भएन । विगतबाट सिक्दै जैविक इन्धन विस्थापनका लागि नयाँ रणनीति अङ्गीकार गर्न जरुरी छ । त्यस्तो रणनीति निर्माण गर्दा हामीले भूगोल, सामाजिक संरचना, आय, व्यक्तिगत क्षमता, प्रविधि र इन्धनको उपलब्धता एवं क्रयक्षमताबारे ध्यान दिनुपर्छ । यसका लागि विभिन्न व्यावसायिक र विकास मोडललाई एकै ठाउँमा राख्नुपर्छ र विभिन्न क्षेत्रबाट आउने मिश्रित पुँजीबाट सञ्चालन गर्नुपर्छ । त्यो पुँजी सार्वजनिक, निजी र वैदेशिक विकास सहयोग, बहुपक्षीय ऋण र अन्य परोपकारी दानबाट निर्माण हुनेछ ।’ 

https://www.nepalitimes.com/opinion/no-smoke-without-fire/

दीक्षितको यो दृष्टिकोण यस क्षेत्रका विशेषज्ञहरूको साझा अभिव्यक्ति हो । अवश्य पनि हामीले जैविक इन्धनको प्रयोग उन्मूलन गर्न साझा पहल नथाली भएको छैन । तर नेपालको सन्दर्भमा दिगो, नवीकरणीय, हरित र कम खर्चिलो विकल्प के हुनसक्छ त ?

जलविद्युत एउटा गतिलो विकल्प हुनसक्छ तर अहिले नै यसको मागभन्दा आपूर्ति निकै कम छ । जलविद्युतको नयाँ परियोजनाले प्रतिफल दिन पनि समय लाग्छ । त्यसमाथि नेपालमा जलविद्युत प्रसारण पनि कमजोर छ । 

नवीकरणीय ऊर्जाको स्रोतको रूपमा एउटा गतिलो विकल्प बायोग्याँस हुनसक्छ । दैनिक रूपमा निस्कने कुहिन फोहोरबाट मिथेन नामक ग्याँस निकाली इन्धनको रूपमा प्रयोग गर्ने विधि हो, बायोग्याँस । 
विभिन्न आधारबाट हेर्दा जलविद्युत पनि यसको हाराहारीमा पुग्न सक्दैन । बायोग्याँसले एउटा चक्र नै निर्माण गर्ने भएकाले खर्चको हिसाबले यो निकै किफायती छ । यसो सोच्नुस त, तपाईंले भान्सामा निस्कने फोहोर नै बायोग्याँस बनाउन प्रयोग गर्नुभयो । त्यसबाट खाना पकाउँदा सँगसँगै तरकारी खेतीका लागि आवश्यक पर्ने मल पनि बनिरहेको हुन्छ । यो मल आफ्नै खेतबारीमा प्रयोग गर्न सकिन्छ वा बेच्न पनि सकिन्छ । 

बायोग्याँस दिगो, नवीकरणीय र हरित ऊर्जाको स्रोत हो । कार्बन उत्सर्जन घटाउन यसले उत्कृष्ट भूमिका खेल्न सक्छ । दैनिक क्रियाकलापमा निस्कने फोहोर, घाँसपात, मलको प्रयोगबाट ऊर्जा उत्पन्न हुने भएकाले बायोग्याँसले चक्रीय अर्थतन्त्र निर्माण गर्छ । 

ऊर्जाबाहेक बायोग्याँस प्रणालीका फाइदा अनेकन छन् । यसले फोहोर व्यवस्थापन गर्छ, जैविक मल उत्पादन गर्छ, यसले उत्पन्न गर्ने ऊर्जा खाना पकाउन, कोठा तातो गराउन र उज्यालोका लागि प्रयोग गर्न सकिन्छ । यसको ऊर्जाले स्वास्थ्यलाई कुनै पनि हानी पुर्याउँदैन । अर्कोतर्पm ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना पनि गर्छ । 

बायोग्याँस निर्माणका लागि कम खर्च लाग्ने भएकाले यसलाई लाग्ने लागत घरखर्चमै व्यवस्थापन गर्न सकिन्छ । घरायसी प्रयोगका लागि सानो खालको बायो–डाइजेस्टर पर्याप्त हुन्छ । भान्साबाट निस्कने फोहोर र गाईवस्तुको मलले एउटा परिवारका लागि आवश्यक ऊर्जा त्यसले उत्पन्न गर्छ । 

ठूलो परिमाणमा ऊर्जा उत्पन्न गर्नका लागि भने बायो–फ्याक्ट्री नै स्थापना गर्नुपर्छ । ठूलो परिमाणका कुहिने फोहोरबाट यसको सञ्चालन हुनसक्छ । यस्तो फ्याक्ट्रीले वातावरण रक्षा गर्छ भने स्थानीय समुदायलाई पनि आर्थिक लाभ उपलब्ध गराउँछ । भविष्यको चक्रिय अर्थतन्त्रमा बायोग्याँस प्लान्ट एक महत्त्वपूर्ण हिस्सा हुनेछ । 
नवीकरणीय ऊर्जाका स्रोतमध्ये बायोग्याँस धेरै हिसाबले प्रभावकारी छ । यसका फाइदा यस्ता छन् :

१. बायोग्याँस ऊर्जाको दिगो, नवीकरणीय, हरित र सफा स्रोत हो । यसले कार्बन उत्सर्जन गर्दैन ।

२. यसले १७ दिगो विकासका लक्ष्यमध्ये धेरैमा उल्लेखनीय योगदान दिन्छ ।

३. बायोग्याँसको प्रयोगले स्थल र जल प्रदूषण घटाउँछ ।

४. बायोग्याँसको लागत खर्च छिटै नै पूर्ति हुन्छ ।

५. यसबाट प्रारङ्गारिक मल उत्पादन हुन्छ ।

६. यसको निलो ज्वालासहितको आगो खाना पकाउन स्वस्थकर विकल्प हो । 

७. यो पर्यावरणमैत्री हुन्छ ।

८. यसमा एक पटक लगानी गरेपछि थप लगानी गरिरहनुपर्दैन ।

९. यो विकेन्द्रित ऊर्जाको स्रोत हो ।

१०. यसले रोजगारी सिर्जना गर्छ ।

११. यसभित्र फोहोरमैला कुहिने प्रक्रिया एनेरोविक हुन्छ त्यसैले जीवाणुहरू धेरै सक्रिय हुन पाउँदैनन् । फलस्वरूप, पानीबाट प्रसार हुने रोग न्यूनीकरणमा यसले सघाउ पु¥याउँछ । 

१२. यसले जीवाश्म इन्धन (खासगरी एलपीजी) र दाउराको निर्भरता घटाउँछ । 

१३. यसबाट निस्कने इन्धन बल्दा ताप पनि दिने भएकाले तापका लागि बेग्लै उपाय खोज्नुपर्दैन । 

१४. बायोग्याँसबाट उत्सर्जन हुने इन्धनलाई प्रकाशको स्रोतको रूपमा पनि उपयोग गर्न मिल्छ ।

१५. यसले ल्यान्डफिल्डमा जाने ठोस फोहोरको परिमाण घटाउँछ ।

१६. प्रयोगकर्ताकै हातमा ऊर्जाका स्रोत भएकाले बायोग्याँसले कसैप्रति निर्भर बन्नबाट जोगाउँछ । 

१७. बायोग्याँसले आउँदो पुस्तालाई वातावरणीय चेतना प्रदान गर्न र घरमै अनुशासन कायम गर्न सघाउ पु¥याउँछ । यो प्रक्रियाले लामो समयसम्म पर्यावरण संरक्षणका लागि लागिरहन सघाउँछ ।

१८. यो जीवनपद्धतिमा क्रान्तिकारी परिवर्तन ल्याउने माध्यम हो । 

१९. बायोग्याँस निर्माण गर्न र व्यवस्थापन गर्न साह्रै सजिलो छ । 

उत्सर्जित मिथेनलाई ऊर्जाको स्रोतको रूपमा परिणत गरेर बायाग्याँस प्लान्टहरूले पनि हरितग्याँस प्रभाव नियन्त्रण गर्न वायुमण्डलमा हानिकारक ग्याँसको मात्रा घटाउन सहयोग पु¥याउँछन् । 

वायोग्याँस ऊर्जाको स्रोत मात्र होइन । यो फोहोर व्यवस्थापनको सही विकल्प पनि हो । कुहिने फोहोरलाई सीधै ल्यान्डफिलमा पठाउने पुरानो प्रविधिको साटो यसले एनेरोविक प्रक्रियाद्वारा फोहोर कुहाउँछ जसले ऊर्जासँगै प्राङ्गरिक मल पनि उत्पादन गर्छ । त्यसैले यसले एउटा चक्रिय प्रणाली स्थापित गर्छ । 

बायोग्याँस पद्धति प्राकृतिक पदार्थमा आधारित प्रणाली हो । यसका लागि आवश्यक पदार्थ पुनःउत्पादन गर्न सकिन्छ । 

बायोग्याँसले उत्पादन गर्ने प्राङ्गारिक मलले हानिकारक रासायनिक मललाई विस्थापन गर्न पनि सघाउँछ । सँगसँगै यसले वनस्पतिको वृद्धिलाई पनि टेवा पु¥याउँछ । 

बायोग्याँस र एलपीजीबीचको तुलना


बायोग्याँस – चक्रीय अर्थतन्त्रको यात्रा

BiogasA Path to a Circular Economy

(An Illustration)

 

   

होमबायोग्याँस : बायोग्याँसको नयाँ प्रविधि


बायोग्याँस प्लान्टहरू नेपालमा सफलतापूर्वक सञ्चालनमा छन् । दशकौँदेखि बीएसपी–एसएनभीको सहकार्यमा साढे तीन लाखभन्दा बढी बायोग्याँस प्लान्ट स्थापना गरिएका छन् । खासगरी ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका गोबरग्याँस भनेर प्रख्यात यी प्लान्ट ढलान प्रविधिले बनाइएका छन् ।

धेरैजसो गाईवस्तुको गोबरले सञ्चालित छन् । सहरी क्षेत्रमा भने गाईवस्तु नपालिने हुनाले बायोग्याँस खासै सञ्चालनमा छैनन् । अर्को समस्या जग्गाको हो । सहरी क्षेत्रमा जग्गा अति महँगो छ, जसले गर्दा ढलान ट्याङ्क बनाउन गाह्रो छ । उदाहरणका लागि काठमाडौँमा औसत मध्यमवर्गीय परिवार केही आना जग्गामा बसेका हुन्छन् । बायोग्याँस बनाउन जग्गा छुट्याउनु उनीहरूका लागि निकै महँगो पर्छ । अर्कोतर्पm ढलान बायोग्याँस प्लान्ट बनाउन लाग्ने लागत पनि दिनप्रतिदिन महँगो हुँदै गइरहेछ । त्यस्तै भाडामा बस्ने परिवारले कोठा सरिरहनुपर्ने बाध्यता भएकाले पनि बायोग्याँसमा निर्भर हुन सक्दैनन् । 

नवीकरणीय, सफा, बहुउपयोगी, किफायती र प्रभावकारी हुँदाहुँदै पनि बायोग्याँस पहिलो रोजाइ हुन नसक्नु दुखद् हो । त्यसैले बायोग्याँसमा पनि चलनचल्तीको अभ्यासको विकल्प खोज्नुपर्ने भएको छ । यस्तो एउटा विकल्प दुईजना दुरदर्शी उद्यमी राम अग्रवाल र विपिन खेतानले नेपाली बजारमा ल्याएका छन् । 

यी दुई दूरदर्शी उद्यमी लामो समयदेखि वैकल्पिक ऊर्जाको प्रवद्र्धनमा लागिपरेका छन् । खासगरी उनीहरू कार्बन उत्सर्जन गर्ने इन्धनको प्रयोगबाट विपन्न महिलालाई भइरहेको असरप्रति चिन्तित छन् । कार्बन उत्सर्जन गर्ने इन्धनको उपयोगबाट हुने खतराबाट मुक्त गर्ने प्रयासलाई लामो समयदेखि साथ दिँदै आएका छन् । उनीहरू वनविनाशबाट आउने प्रकोपप्रति पनि उत्तिकै चिन्तित छन् । जीवाश्म इन्धनको प्रयोग घटाउने गरी दिगो, नवीकरणीय, हरित र स्वच्छ ऊर्जालाई सुपथ मूल्यमा उपलब्ध गराउने उनीहरूको परिकल्पनाले केही सफलता पाएको छ । त्यो सफलता होमबायोग्याँस (www.cleanenergynepal.org) ले दिएको हो । 

इजरायली प्राविधिज्ञहरूले तयार पारेको पोर्टेबल डाइजेस्टरयुक्त बायोग्याँस हो– होमबायोग्याँस । सैद्धान्तिक रूपमा होमबायोग्याँस बायोग्याँसकै एक रूप हो । तर यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्याँसको रूपमा परिचित बायोग्याँसमा भन्दा होमबायोग्याास फरक छ । होमबायोग्याँसबाट निर्माण हुने ऊर्जाको उपयोग गर्न विद्युतमा जस्तो ग्रिड प्रणाली चाहिँदैन ।

लागतको हिसाबले यो गोबरग्याँस प्रविधिभन्दा निकै सस्तो छ । सबैभन्दा मुख्य फरक के हो भने होमबायोग्याँसले गोबरग्याँसले जस्तो स्थान लिँदैन । गोबरग्याँसका लागि ढलान ट्याङ्की चाहिन्छ । होमबायोग्याँस भने घरको छेउछाउमै अटाउँछ । यो निर्माण गर्न मिस्त्री, इन्जिनियर कोही पनि चाहिँदैन । होमबायोग्याँसको सबै संरचना बनिबनाउ हुन्छ । यसले बढीमा एउटा सोफाले लिने ठाउँ मात्र ओगट्छ । त्यसैले यो प्रविधि गाउँ र सहर दुवै ठाउँमा उपयुक्त छ । दुई क्युविक मिटरको प्रत्येक होमबायोग्याँसले एक वर्षमा ६ टन कार्बनडाइअक्साइड घटाउन सघाउँछ ।

स्वच्छ वातावरणका साथै आर्थिक उत्पादन यी दुई उद्यमीको मुख्य चासो हो । यो उद्देश्य पूरा गर्न उनीहरूले अन्तर्राष्ट्रिय कम्पनी होमबायोग्याँससँग सम्बन्ध स्थापना गरिरहेछन्, जसले संयुक्त राष्ट्र सङ्घ, युरोपियन युनियन, यूएसएड, एसएनभीजस्ता संस्थासँग मिलेर नेपालभरि काम गरिरहेछन् । यी दुवै उद्यमी वैकल्पिक ऊर्जाका अन्य क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । 

उनीहरूले प्रतिवर्ष लाखौँ टन कार्बनडाइअक्साइड घटाउने अभियानमा छन् । उनीहरूको परियोजनाले जलविद्युत, सौर्य, वायु र जैविकलगायतका नवीकरणीय ऊर्जाका सबै क्षेत्र समेट्छ जहाँ बायोमास, बायोफ्युल, बायोग्याँस, बायोटेक र बायोइन्जिनियरिङलाई प्राथमिकता दिइएको छ । जसको पृष्ठभूमिमा वृक्षरोपण र वनसंरक्षण छ । निकट भविष्यमा नै उनीहरूले उन्नत स्तरको विद्युतीय कार नेपालमा ल्याउन पहल गरिरहेका छन् ।

आफ्नो उद्देश्य पूरा गर्न उनीहरू बहुपक्षीय र विकासे संस्थाहरूसँग सहकार्य गर्न चाहन्छन् ताकि दिगो विकास लक्ष्य हासिल गर्न सकियोस् । होमबायोग्याँस नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षाको क्षेत्रमा काम गर्ने ठूलो परियोजनाको एक सुरुवात मात्र हो । बायोग्याँसका लागि आवश्यक पर्ने बायोमासको उत्पादन हुनासाथ यो प्रविधि खाना पकाउने काममा मात्र सीमित हुनेछैन । उद्योग कलकारखानामा अहिले भइरहेको जीवाश्म इन्धनको प्रयोग घटाउन पनि यो प्र्रविधि सक्षम हुनेछ । यसले ठूलो मात्रामा हरित रोजगारी उपलब्ध गराउनेछ भने चक्रीय अर्थतन्त्र सञ्चालन गर्न पनि सघाउ पुर्याउनेछ ।

प्रभावकारी, किफायती, स्वच्छ र कम स्थान ओगट्ने होमबायोग्याँसको अर्को महत्त्वपूर्ण फाइदा पनि छ । यसका लागत उठान (पे ब्याक) अवधि निकै कम छ । अर्थात् निकै कम समयमा यसमा गरिएको लागत विभिन्न माध्यमबाट उठ्छ । 

विपिन खेतानले होमबायोग्याँसको लागत उठान अवधि यसरी हिसाब गरेका छन्ः
दुई घनमिटर आयतनको होमबायोग्याँस ५९ हजारमा पाइन्छ जबकि त्यति नै क्षमताको ढलान प्रविधिको बायोग्याँस बनाउन काठमाडौँमा ८२ हजार लाग्छ । ६ घनमिटरको पोर्टेबल होमबायोग्याँस २०१९ को जुलाई÷अगस्टतिर बजारमा आउनेछ ।

दुई घनमिटरको बायोग्याँसको पेब्याक यसरी हिसाब गर्न सकिन्छ (यहाँ सबै हिसाब प्रतिवर्षको आधारमा गरिएको छ)ः

१) बायोग्याँसले जोगाउने खर्चः
– एउटा एलपीजी ग्याँसको बजार मूल्य १३५० रूपैयाँ छ ।
– मानौँ एउटा एलपीजी ग्याँसले ४५ दिन खाना पकाउन पुग्छ ।
– त्यस हिसाबले एलपीजीमा नौ सय रूपैयाँ खर्च हुन्छ अर्थात् वार्षिक १० हजार आठ सय रूपैयाँ एलपीजीमा मात्र खर्च हुन्छ । बायोग्याँसले यो खर्च जोगाउँछ ।

२)  अर्गानिक मल
– कति फोहोर जम्मा गरिन्छ भन्नेले मलको उत्पादन निर्धारण गर्छ । न्यूनतम दुई किलोग्राम फोहोर जम्मा हुन्छ भन्ने हिसाब गर्दा मासिक १५०० रूपैयाँको मल उत्पादन हुन्छ । अर्थात् न्यूनतम वार्षिक १८ हजार रूपैयाँको अर्गानिक मल उत्पादन हुन्छ । यदि दैनिक ६ किलोग्राम फोहोर जम्मा भएको मान्ने हो भने मासिक ४५ सय अर्थात् वार्षिक ५४ हजार रूपैयाँको अर्गानिक मल उत्पादन हुन्छ ।

३) त्यस्तै वार्षिक ५०० किलोग्राम सोलिड पेस्ट उत्पादन हुन्छ जसबाट वार्षिक १० हजार आम्दानी हुन्छ ।
यसबाहेक फोहोर व्यवस्थापनका लागि तिर्नुपर्ने मासिक रकम पनि नतिर्नुपर्ने पनि हुनसक्छ । 
यो मोटोमोटी हिसाबले बताउँछ, होमबायोग्याँसले वार्षिक ३८ हजार ८ सय रूपैयाँ बराबरको खर्च जोगाउँछ । यदि होमबायोग्याँस खरिद गर्दा लागेको पैसाको वार्षिक ब्याज १० हजार मान्ने हो भने पनि दुई वा तीन वर्षमा होमबायोग्याँसमा लागेको लागत उठ्छ ।

रेस्टुरेन्ट, क्यान्टिन, सामुदायिक भान्सा जस्ता धेरै जनाको निम्ति खाना पाक्ने ठाउँमा फोहोर पनि बढी नै निस्कन्छ, जसले धेरै ऊर्जा र धेरै अर्गानिक फर्टिलाइजर दिन्छ । त्यहाँ प्रतिदिन ६ लिटर अर्गानिक फर्टिलाइजर उत्पादन हुन्छ । ६ लिटरको २५ रूपैयाँको हिसाबले प्रतिवर्ष करिब ५४ हजार रूपैयाँ बराबरको मल उत्पादन हुन्छ ।

माथिको बुँदा १ को हिसाबबाट आउने १० हजार ८ सय र  बुँदा ३ बाट आउने १० हजारलाई ५४ हजारमा जोड्दा ७४ हजार हुन्छ । 

त्यसैले यो सन्दर्भमा एक वर्षमा बायोग्याँसले जोगाउने मूल्य ५९ हजार र त्यसमा १० हजार ब्याज जोड्ने हो भने ६९ हजार हुन्छ ।  
अर्थात् १२ देखि १८ महिनामा होमाबायोग्याँसले पेब्याक दिन्छ ।

होमबायोग्याँस ६.० को पेब्याक अझ छिटो हुनेछ । होमबायोग्याँसले अहिलेयस मोडलमा काम गरिरहेछ । यसको विस्तृत जानकारी पुनः उपलब्ध गराइनेछ । धेरै समय खाना पकाउन पर्ने र धेरै मल आवश्यक पर्नेका लागि ६.० मोडल अझ लाभदायक हुन्छ । होमबायोग्याँस ६.० र ढलान (आरसीसी प्रविधि) बीचको तुलना गर्ने हो भने प्रति दुई घनमिटरमा २५ देखि ३० प्रतिशतको फरक हुन आउँछ । 
बायोग्याँसको यति धेरै फाइदा बुझेपछि जोकसैको मनमा प्रश्न उठ्छ, आखिर किन सरकार र अन्य विकास संस्थाहरूले यसको प्रवद्र्धन गर्दैनन् ? 

यसका लागि नेपाल सरकारका सबै विभागहरू, स्थानीय सरकारहरू, फोहोर व्यवस्थापन गर्ने संस्थानहरू, वित्तीय संस्थाहरूले संयुक्त तदारुकता आवश्यक छ । नेपाल सरकारले वैकल्पिक ऊर्जामा जोड दिएरै ‘वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र’ स्थापना गरेको वर्षौं भइसक्यो तर केन्द्रको काम हुनुपर्ने जति प्रभावकारी हुन सकिरहेको छैन । केन्द्रले विभिन्न वित्तीय र लघुवित्तीय संस्थाहरूमार्फत् नवीकरणीय ऊर्जा स्थापनाका लागि सहयोग पु¥याउने नीति राखेको छ । तर त्यो नीति प्रभावकारी ढङ्गले लागू भने भइरहेको छैन । विश्व बैङ्क, एसियाली विकास बैङ्क, यूएनडीपी, एसएनभी, डेनिडा, डीएफआईडी, यूएसएड, जीआइजेड, केएफडब्लू, जीटीजेड, यूएनसीडीएफ, लगायतका बहुपक्षीय विकास संस्थाहरू भने बायोग्याँस परियोजनामा सघाउन तत्पर छन् । उनीहरूलाई भरपर्दो विकल्प भने उपलब्ध गराउनैपर्छ । होमबायोग्याँस यस्तो एउटा विकल्प हुनसक्छ । 

त्यस्तै फोहोर व्यवस्थापन हरेक नगर क्षेत्रकोे समस्या हो । यीमध्ये धेरैजसो फोहोर घरबाटै उब्जन्छ । त्यसको पनि एउटा उपयुक्त समाधान बायोग्याँस नै हो । त्यसेले यसमा लगानी हुन आवश्यक छ । त्यस्तै सहरी क्षेत्रमा अत्यधिक उपयोग भइरहेको एलपीजीले सिर्जना गर्ने ऊर्जा निर्भरता घटाउन पनि होम बायोग्याँसले सघाउँछ । हाल प्रतिवर्ष तीन लाख ७० हजार मेट्रिक टन एलपीजी आयात गरिन्छ । यसबाट करिब तीन अर्ब ५० लाख रूपैयाँ बाहिरिन्छ । होमबायोग्याँसले यसरी बाहिरिने नेपाली रकम जोगाउन सघाउ पु¥याउँछ । 
होमबायोग्याँसको स्वीकार्यता
होमबायोग्याँस नेपालको लागि नौलो प्रविधि भए पनि यसले विश्वभर स्वीकार्यता पाएको छ । नवीकरणीय ऊर्जामा विश्वभर लगानी गरिरहेको कम्पनी एन्जीले बायोग्याँसमा लगानी गरेको छ । खासमा एन्जी र द क्लोज्ड लुप फन्डले होमबायोग्याँसमा संयुक्त लगानी गरेका छन् । एन्जी संसारकै ठूला ऊर्जा कम्पनीमध्ये एक हो । यसले अर्बौं अमेरिकी डलर बराबरको कारोबार गर्छ । उसका तीनवटा मुख्य कार्यक्षेत्र छन्– नवीयकरणीय ऊर्जामा आधारित न्यून–कार्बन ऊर्जा उत्पादन, ग्लोबल नेटवर्क र उपभोक्ताका समस्या समाधान । द क्लोज्ड लुप फन्ड भने पूर्वाधार र दिगो उत्पादन प्रविधिको पुनः प्रयोगमा लगानी गर्ने वित्तीय परियोजना हो । 

त्यस्तै विश्वभरी नै होमबायोग्याँस पाँचवटा मुख्य स्टेट–अफ–द–आर्टमध्ये एकको रूपमा चुनिएको छ । यसले आफैमा सुधार ल्याउन र प्रभावकारी बनाउन वर्षौं अनुसन्धान गरेको छ । सामान्यतः  होमबायोग्याँसको आयु १५ वर्षको हुन्छ । त्यसमा दुई वर्ष वारेन्टी पनि दिइन्छ ।

होमबायोग्याँसले पूर्ण सुरक्षा बन्दोबस्त गरेको छ । यसका विशेषता यस्ता छन्ः

– आईएसओ १४००१ः२००४

– जीपीएसडी (२००१÷९५÷इसी)

– आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न होमबायोग्याँसले सबै प्रकारका सावधानी अपनाएको छ । 

– होमबायोग्याँसको पूर्ण परीक्षण गरिएको छ । यसले युरोपियन कम्युनिटी सीई स्ट्याम्प अफ् अप्रुभल फर सेफ्टी प्राप्त गरेकोे छ ।

– होमबायोग्याँसले दुईवटा आईएसओ सर्टिफिकेट प्राप्त गरेको छः गुणस्तर व्यवस्थापनका लागि ९००० र वातावरणीय व्यवस्थापनका लागि १४००० । 

 – इजरायली वातावरण संरक्षण मन्त्रालय र ऊर्जा पूर्वाधार मन्त्रालयबाट होमबायोग्याँस परिक्षण भएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...