भत्किएको डाइभर्सन बनाउँन चिनियाँ कम्पनीलाई मुख्यमन्त्रीको आग्रह
पोखरा । पोखरा छिर्ने मुख्य नाका विजयपुर खोलाको डाइभर्सन बनाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरि रहेको चिनिँया कम्पनी सिएमसीलाई आग्रह गरेका छन् ।
स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको उक्त खोलाको पुलको सपोर्ट (फलाम) भाँचिएपछि हेभी गाडीलाई डाइभर्सन गरेर आवागमन गराउँदै आइएको थियो ।
भारी वर्षाका कारण डाइभर्सन बगाएपछि सयौं हेभिगाडिको आवागमन हुन सकेको छैन । हुलुका यात्रुबाहक सवारी भने पुलबाटै आवागमन गर्दै आएका छन् ।
चिनिँया ठेकेदार कम्पनी सिएमसीका जनसम्पर्क अधिकारी कृष्ण चापागाईंका अनुसार दिउँसो मुख्यमन्त्री गुरुङले घटनास्थलको निरीक्षण गरेर डाइभर्सन निर्माणका लागि आग्रह गरेका थिए । उनका अनुसार डाइभर्सन निर्माणका लागि सोमबारदेखि काम थालिएको छ
भारी वर्षाका सम्भावना अझै पनि रहेको हुनाले ह्युम पाइपको लेयर थप्ने समेत उनले जानकारी दिए । गएको फागुनमा पुलमा रंग लगाउँने क्रममा पुलको सर्पोट भाँचिएको पाइएको थियो ।