शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइभरी कोस्ट र ट्युनीसिया क्वार्टरफाइनलमा

मङ्गलबार, २४ असार २०७६, ०९ : ३९
मङ्गलबार, २४ असार २०७६

आइभरी कोस्ट र ट्युनीसिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा आइभरी कोस्टले मालीलाई १–० गोलले हरायो । आइभरी कोस्टको जितमा विलफाइड जाहाले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्को खेलमा ट्युनीसियाले घानालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएको खेलको नतिजा टाईब्रेकरबाट लिईएको हो । 

ट्युनीसियाका ताहा यासीन खनेसीले ७३औं मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा ट्युनीसियाका रामी बेदोईले आत्मघाति गोल गरेपछि घाना खेलमा फर्किएको थियो । पेनाल्टीमा ट्युनीसियाका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप