८५ केजी गाँजासहित एकजना पक्राउ
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुर्ब–पश्चिम सडक खण्डबाट ८५.६ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा मनहरिबाट हेटौंडातर्फ आइरहेको बा१२ख ८५५६ नम्बरको कारलाई उपमहानगरपालिका–११ थानाभर्यांगमा चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो ।
प्रहरीले कार चालक मकवानपुर कैलाश गाउँपालिका–१ घर भई हाल इच्छा गाउँपालिका–७ चितवन बस्ने बर्ष ३० को गणेश थापालाई नियन्त्रणमा लिएको हो ।
६ वटा पोकामा प्लास्टिकले बेरी लुकाईछिपाई राखेको अवस्थामा कारको पछाडी डिकीबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए ।
कारसहित थापालाई नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए ।
कसुर प्रमाणित भएमा निजलाई २ देखि १० बर्ष जेल र १ लाख देखि २० लाख सम्म जरिवाना भई कार समेत जफत हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ