शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण हुन्छ : मन्त्री बिना मगर

सोमबार, २३ असार २०७६, १९ : ३४
सोमबार, २३ असार २०७६

पोखरा । सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताएकी छन् । 

सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकी हुन् । 

प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरञ्चौर, कास्कीले उक्त प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा कास्की जिल्लाका विभिन्न फुटबल क्लवहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा स्थानीय पहिचान र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ । खेलले मानिसलाई उर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वस्थ र गतिशील तुल्याउँछ। खेलका लागि राज्यले पनि आफ्नो लगानी बढाउन जरुरी छ।’

मन्त्री मगरले नेकपाका युवा नेता प्रकाश दाहालले वामपन्थी आन्दोलन, सामाजिक जागरण र खेलकूदका क्षेत्रमा गरेका योगदानहरुलाई स्थापित गरिने बताइन् । 

उनले भनिन्, ‘कमरेड प्रकाश दाहालका योगदान युवा पुस्तका लागि निकै प्रेरणादायी छन्। हामी उहाँका योगदानहरु स्थापित गर्न चाहन्छौं। समाजमा रचनात्मक कार्यहरुमार्फत् जागरण र नयाँपनको प्रत्याभूति गर्न चाहन्छौं ।’

सो अवसरमा प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट आयोजकलाई रु. एक लाख सहयोग हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, पूर्वसभासद् तेजकुमारी पौडेल, विद्यार्थी नेता क्षितिज सापकोटा लगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप