बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नर्भिक अस्पतालमा टाउकोमा गोली लागेका रामजी चेपाङको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

सोमबार, २३ असार २०७६, १५ : ४८
सोमबार, २३ असार २०७६

काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले टाउकोमा गोली लागेका रामजी चेपाङको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।

हाल टाउकोमा गोली लागि क्षत विक्षत अवस्थामा ल्याइएका धादिङका रामजी चेपाङको स्वास्थ्यमा सुधार आएको छ । अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक अन्तर्राष्ट्रिय अस्पताल ल्याइएका ३६ बर्षिय चेपाङको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

कन्चटमा गोली लागी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको निजको बरिष्ठ स्नायु शल्य चिकित्सक प्रा .डा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । 

अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको, मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेको, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत अवस्थामा थियो । मस्तिष्क भित्र रहेका गोलीका खोल तथा छर्राहरु हटाएर मस्तिष्क बाहिर रहेको सुरक्षात्मक तहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी सफल शल्यक्रियात्मक उपचार गरेको अस्पतालले जनाएको छ ।

निजलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली लागेको थियो भने असार १९ गते विहिबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । 

सोही दिन अर्थात् असार १९ गते निजको शल्यक्रिया सम्पन्न भएको थियो । हाल चेपाङ नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा स्वास्थ्य लाभ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनलाई छिटै वार्डमा सारिने पनि डाक्टरले बताएका छन् ।

निजलाई गोली लाग्ने वित्तिकै स्थानीय चेपाङ सामाजिक कार्यकर्ता विनोद चेपाङको सक्रियतामा सोही राति धादिङ स्थित गजुरी हस्पिटल पु¥याइएको थियो । गजुरी हस्पिटलमा रक्तस्राव रोक्न ब्याण्डेज लगाइए पश्चात्त अक्सिजनसहित उक्त हस्पिटलले विरामीलाई काठमाडौं रिफर गरेको थियो ।

घाइते चेपाङ धादिङ स्थित बेनीघाट रोराङ गाउपालिका वडा नं. ८ का वडा सदस्य हुन । उनलाई सोही स्थानका ३५ वर्षिय इन्द्रबहादुर चेपाङले गोली हानेको स्थानियले बताएका छन् । हाल इन्द्रबहादुर फरार रहेको पनि स्थानियले बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप