शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'अगस्तभित्र गुआममा क्षेप्यास्त्र आक्रमण' : ट्रम्पविरुद्ध उर्लिए कोरियाली जनता

बिहीबार, २६ साउन २०७४, ०९ : ३८
बिहीबार, २६ साउन २०७४

प्योङयाङ । अमेरिकासँग वाकयुद्ध बढिरहँदा उत्तर कोरियाले अगस्तको बीचसम्ममा गुआममा चारवटा क्षेप्यास्त्र आक्रमण गर्ने योजना तयार हुने बताएको छ ।
कोरियाको राष्ट्रिय मिडियाले किम जोङ–उनले अनुमति दिए ह्वासोङ–१२ रकेट जापान काटेर गुआमबाट ३० किलोमटर टाढा समुद्रमा खसाल्न सकिने बताएको हो ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई खारेज गर्दै ‘पागल’ को संज्ञा पनि दिएको छ ।

अमेरिकाले उत्तर कोरियाको गतिविधिले ‘शासनको अन्त्य’ निम्ताउने चेतावनी दिएको थियो । अमेरिकी रक्षा सचिव जिम म्याटिसले अमेरिकी र उसको गठबन्धनसँगको युद्धमा उत्तर ‘कमजोर’ पर्ने बताएका थिए ।

उत्तर कोरियाले बुधबार मात्र अमेरिकी सैन्य बेस रहेको गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने योजना बनाइरहेको बताएको थियो । 

त्यसपछि राज्यको मिडियाले यो योजना अगस्त महिनाको मध्यसम्ममा तयार हुने र यसलाई किम जोङ उनलाई अनुमतिका लागि पठाइने उल्लेख गरेको छ ।

सेना प्रमुख किम राक ग्योमलाई उद्धृत गर्दै कोरियन जनसेना (केपीए) ह्वासोङ–१२ रकेट जापानको हिरोसिमा, सिमाने, कोइचीको आकाश हुँदै ३ हजार ३५६.७ किलोमिटर १,०६५ सेकेण्डमा गुआमबाट ३० देखि ४० किलोमिटर टाढा खसालिनेछ ।

कोरियाली जनता सडकमा
यता, ट्रम्पको चेतावनीपछि हजारौँ उत्तर कोरियाली जनता प्योङयाङको किम सुङ स्केवरमा बुधबार जम्मा भएर बिरोध गरेका छन् । जारी भिडियोमा दश हजारौँ जनता प्लेकार्ड बोकेर विरोधमा उत्रिएको देखिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप