शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

सोमबार, २३ असार २०७६, १४ : ४७
सोमबार, २३ असार २०७६

दैलेख-दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ । 

    सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुङ्गा खोलामा फालेपछि करीव एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ ।

 निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाएका छन् । 
     
    स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ । दोल्ती पावर कम्पनीले रु ७२ करोडको लागतमा अहिले पदमखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमूले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात् तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुई वटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप