शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफूविरुद्ध लेखेको भन्दै कंगनाले पत्रकारलाई यतिसम्मकाे गाली गरिन् (भिडियो)

सोमबार, २३ असार २०७६, १२ : १६
सोमबार, २३ असार २०७६

बलिउडकी ‘क्विन’ भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । कंगना र उनकी दिदी रंगोली चन्देल आजकाल बलिउडका कलाकार, निर्माता र निर्देशकविरुद्ध आफ्नो रोष व्यक्त गरिरहन्छन् । अब कंगनाको निशानामा पत्रकार पनि आएका छन् । ‘जजमेन्टल हे क्या’ को एक रिमिक्स प्रोमोशनल गीतलाई सार्वजनिक गर्ने कार्यक्रममा कंगनाले एक पत्रकारलाई तथानाम भनिन् । ती पत्रकारले कंगनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेको आरोप लगाइन् । यद्यपि, पत्रकारले कंगनाको आरोपलाई अस्विकार गरिरहे तर नायिकाले उनको कुरा सुनेको नसुन्यै गरिन् ।

आजकाल कंगना रनौत आफ्नो रिलिजको तयारीमा भएको फिल्म ‘जजमेन्टल हे क्या’ का लागि चर्चामा छिन् । अहिलेसम्म फिल्मको विषयमा खासै विवाद भएको छैन, सायद यसकारण आफ्नो फिल्मको गीतको लञ्चमा पुगेकी कंगनाले पत्रकार सम्मेलनको क्रममा एक पत्रकारसँग ठूलै झगडा गरेकी छिन् ।

ती पत्रकारले उनको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ विरुद्ध दुर्भावनाबाट ग्रस्त भएर धेरैकुरा लेखेका छन्, साथै उनीबारे टेढा कुरा ट्वीट गरेको पनि कंगनाको आरोप छ ।

पत्रकारले उनको आरोप खण्डन गर्दै आफूले कहिले पनि उनीविरुद्ध नलेखेको स्पष्टिकरण दिए ।

उनीहरुको झगडाले यति ठूलो रुप लियो कि उनीहरुलाई बीचमा अरु कसैले नै हस्तक्षेप गर्नुपर्यो ।

उनीहरुको झगडाको भिडियो क्लिप हेरौंः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप