शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’को काठमाडौं अडिसन सम्पन्न

सोमबार, २३ असार २०७६, १२ : ०८
सोमबार, २३ असार २०७६

काठमाडौं – नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९’को काठमाडौं मेगा अडिसन सकिएको छ । 

हात्तीसारस्थित गसिप क्याफेमा आयोजित अडिसनमा  काठमाडौंस्थित अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब २ सय प्रतिस्पर्धीको सहभागीता रहेको  थियो । शुभदिन मिडियाद्वारा आयोजित प्रतियोगिताको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसी रहेकी छन् । 

अडिसमा शिक्षाविद तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल , पर्यटन व्यवसायी तथा पलेटी होलीडेका संस्थापक किशोर घिमिरे र सुगारिका केसी समेत निर्णायक थिए । 

यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्न भइसकेको छ । जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिइन् । नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुने समेत केसीको भनाई रहेको छ । 

पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्याउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप