‘कबड्डी कबड्डी कबड्डी’ टिजर : उपासनासँग दयाहाङको प्रेम
काठमाडौं – फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो ।
१३ भाद्र प्रदर्शन मिति घोषणा गरेको फिल्मको टिजरमा अभिनेता दयाहाङ राई (काजी) रीश्मा गुरुङ ‘मैना’ लगायतको अभिनय देखिएका छन् । टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्स पनि देखाइएको छ ।
स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको कथामा आधारित भएर निर्माण भएको फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।
फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा