शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लञ्चपछि प्रेमिकालाई छोडेर छोरासँगै निस्किए अरबाजः मानिसहरुले भने, ‘झगडा भयो कि क्या हो ?’

सोमबार, २३ असार २०७६, ११ : ३१
सोमबार, २३ असार २०७६

मलाइका अरोडासँगको सम्बन्धविच्छेदपछि बलिउड नायक एवं निर्देशक अरबाज खान आजकाल इटालियन मोडल जर्जिया एन्ड्रियानीसँग प्रेम सम्बन्धमा छन् । अरबाज र जर्जियालाई धेरैजसो सँगै देखिन्छ ।

आइतबार अरबाज खान आफ्नी प्रेमिका जर्जिया र छोरा अरहान खानसँग बान्द्राको एउटा रेष्टुरेन्टमा लञ्च गर्न पुगे । तर जब अरबाज खान रेष्टुरेन्टबाट छोरा अरहानसँग छुट्टै निस्किए तब मानिसहरुले उनीहरुलाई विभिन्न प्रश्न सोध्न थाले । यी दुई रेष्टुरेन्टबाट छुट्टै बाहिर निस्किएपछि अरबाज खान आफ्ना छोरासँग आफ्नो गाडीतर्फ अघि बढे भने जर्जिया अन्तै लागिन् ।

यद्यपि, गाडीमा बस्नुअघि अरबाज खानले जर्जियालाई पछाडि फर्केर पनि हेरेको देखियो । अरबाजले जर्जियालाई बोलाउँछन् पनि तर जर्जिया अरबाजलाई नहेरीकनै अगाडि बढ्छिन् ।

उनीहरुको यस्तो व्यवहार भिडियोमा हेरेपछि जर्जिया आफ्ना प्रेमीको छोरासँग क्यामरामा कैद हुन नचाहेको हो कि भन्ने अनुमान प्रयोगकर्ताले गरिरहेका छन् ।

यस्तै केही प्रयोगकर्ताले रेष्टुरेन्टभित्र अरबाज र जर्जियाबीच झगडा भएको हुनसक्ने पनि अनुमान गरिरहेका छन् ।

अरहान खानलाई आफ्ना आमा–बुवा दुबैसँग समय बिताइरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप