शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरी हबल्दारसहित छ पक्राउ

सोमबार, २३ असार २०७६, १० : ३४
सोमबार, २३ असार २०७६

कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरी हवल्दारसहित ६ जना पक्राउ परेका छन् । 

सुकेधारको डाँफे रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट कस्तुरीको बिनासहित ६ जनालाई आइतबार साँझ ५ः३० बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले पक्राउ गरेको हो । 

रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द, नवराज बस्नेत। सुनील बिष्ट र गेष्ट हाउसका ३ कर्मचारी रहेको एसएसपी ज्ञवालीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप