शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

सोमबार, २३ असार २०७६, १० : २६
सोमबार, २३ असार २०७६

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । 

केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई  खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । सिलवालको आजै सदस्य सचिवको शपथ ग्रहण गर्ने बताइएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए । नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन् । 

नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष उनी गोल्डेन गेट कलेजको सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप