शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलुका रुँदा तौल घट्ने नयाँ अध्ययनको खुलासा

सोमबार, २३ असार २०७६, ०९ : ४६
सोमबार, २३ असार २०७६

मोटोपना कम गर्नका लागि मानिसहरु विभिन्न तरिका अपनाउने गर्छन् तर कतिको प्रयास पानीमै जाने गर्छ । तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने खुलासा भएको छ । सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविकता हो ।

एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ । दोस्रो, स्ट्रेस लेभल बढेपछि जब हामी रुन्छौं तब आँसुमार्फत् विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने जुन तौल बढ्नका लागि जिम्मेवार हुन्छ ।

शोधमा पत्ता लागेअनुसार जसको आँसु निकै मुश्किलले झर्छ उनीहरुका लागि तौल घटना निकै मुश्किल पर्ने गर्छ । अर्को एउटा रोचक कुरा के हो भने रोएको नाटक गर्दा यसले तौल कम गर्न कुनै सहयोग गर्दैन ।

शोधमा दिएको जानकारी अनुसार मानिसका तीन प्रकारका आँसु झर्छन् – बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु धेरैजसो खुसीका कारण झर्ने गर्छ जबकी रिफ्लेक्स आँसु चुरोटको धुँवा वा प्रदुषणका कारण निस्कने गर्छ । साइकिक आँसु भने मानिसहरुले भावनामा बगेपछि झार्ने गर्छन् र यही आँसु झरेको खण्डमा मात्रै तौल कम हुन्छ ।

बेलुका ७ बजेदेखि राती १० बजेको बिचमा रुँदा तौल तीब्र रुपमा घट्ने बताइएको छ । यो यस्तो समय हो जब मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुन्छ । रुँदा मानिसहरुको शरीरमा भएको क्यालोरी तीब्र रुपमा बर्न हुने जानकारी यसअघि पनि प्रकाशित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप