शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

सोमबार, २३ असार २०७६, ०८ : १७
सोमबार, २३ असार २०७६

महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० गोलले हराउँदै अमेरिकाले उपाधि रक्षा गरेको हो । 

अमेरिकाले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा भने अमेरिकाको यो चौथो महिला विश्वकप उपाधि हो । अमेरिकाले यसअघि सन् १९९१, १९९९ र २०१५ मा विश्वकप उपाधि जितेको थियो ।

अमेरिकाको जितमा मेगन रापिनोइ र रोस लाभेलीले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको अमेरिकाका लागि मेगनले ६१औं मिनेटमा पेनाल्टी मार्फत खाता खोलेकी थिईन् । 

रोसले ६९औं मिनेटमा गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाईन् । पहिलो हाफमा प्रतिस्पर्धात्मक खेल खेलेको नेदरल्यान्ड्स दोस्रो हाफमा निरिह बन्यो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको नेदरल्यान्ड्सले उपविजेतामै इतिहास रच्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप