शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

सोमबार, २३ असार २०७६, ०६ : १७
सोमबार, २३ असार २०७६

वि.सं.२०७६ साल असार २३ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई ०८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ शुक्लपक्ष । तिथि षष्ठि,१५ घडी ४८ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र उत्तरफाल्गुनी,४४ घडी ०५ पला,बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त हस्त । योग वरियान,३७ घडी १९ पला,बेलुकी ०८ बजेर ११ मिनेट उप्रान्त परिध । करण तैतिल,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर २३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा श्रीवस्स योग । चन्द्रराशि सिंह,बिहान ०६ बजेर ०६ मिनेट उप्रान्त कन्या । 
 

काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २४ पला । 
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्या तथा विवादित बिषयहरुलाई केहि समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मिहिनेतगर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुनेहुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसाय फस्टाएर जानेहुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पतिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने  हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिश्रम गरेअनुशार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्नेछैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिष्पर्धिहरु हावि हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानीनहुने हुदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाई सँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ खानपानमा ध्यान लिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनु पर्ने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँनयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन कमाउन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा वा सवारि साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फइदा हुनेयोग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ । नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने  हुँदा मनग्गे धन कमाउन सकिनेछ । जीवन साथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुनेहुँदा मन प्रशन्न रहनेछ
तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप