
नेकपा सांसद पम्फा भुषालले उठाइन् श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न
काठमाडौँ– प्रतिनिधिसभाको आजको विशेष समयमा संसद्ले श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाइएको छ । बैठकमा भाग लिँदै सांसद पम्फा भुसालले सैनिक श्रीमती सङ्घ र प्रहरी श्रीमती सङ्घको औचित्यतामाथि प्रश्न उठाइन् ।
सांसद लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तराई मधेशमा भएका घटनाको अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
त्यसैगरी बैठकमा भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षणपछि मात्र आयात गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो । ध्यानाकर्षण गर्ने सांसदमा प्रेम सुवाल, दुर्गा पौडेल र दिलेन्द्रप्रसाद बडू थिए ।
सरकारले केही समयअघि फलफूल तथा तरकारीको परीक्षण गर्दा विषादी फेला परेपछि भारतबाट आयात भएका फलपूmल तथा तरकारीको आयातमा रोक लगाएको थियो ।
सदनमा सांसदले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलपूmल तथा तरकारी आयात खुल्ला गरेको आरोप लगाएका थिए ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- July 8, 2019, 7:18 a.m. surya rogukatinai netri hunakhojeki holi purush ma chai dekhinash
- 0 Reply