बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘आज नगद भोली उधारो’ गीतमा दीपाश्रीको आइटम नृत्य

आइतबार, २२ असार २०७६, १८ : ३१
आइतबार, २२ असार २०७६

काठमाडौं । निर्देशकसमेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अभिनेता आर्यन सिग्देलसँग आइटम गीतमा देखिएकी छिन् । फिल्म ‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो’ गीतमा उनले आर्यनसँग नाचेकी हुन् । आउँदो भाद्र ६ गतेलाई रिलिज मितितय गरिएको यो फिल्मको  आर्यन र दीपासँगै नाचेको केही तसिबर सार्वजनिक भएका छन् । जसमा कलाकार शिवहरी पौडेल पनि देखिएका छन् ।

दीपाश्रीले फिल्ममा आइटम नृत्य गरेको निर्माण युनिटले जनाएको छ । उनले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी समेत रहेका छन् ।  कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर गीतमा रहेको छ । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

फिल्ममा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन्,भने विशाल चाम्लिङ यसका निर्माता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप