शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई गगनको प्रश्न : घुँडामा भ्वाङ कत्रो परेको छ बताइदिनुहुन्छ कि ?

आइतबार, २२ असार २०७६, १७ : १२
आइतबार, २२ असार २०७६

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको व्यवहार र उनका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अतहर कमाल मुसलमानले नाम उल्लेख नगरीकनै ट्वीटमा उल्लेखित ‘छौँडाहरु’ को, कसरी सञ्चालित छन् भनी प्रश्न गरे ।

त्यसैगरी अर्का सांसद गगन थापाले आफुलाई राष्ट्रवादी बताउने सरकारले विदेशीको दबाबमा भारतबाट आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय गरेको बताए । ‘तपाईंको राष्ट्रवादी खुट्टा देखिसकिएकै हो । घुँडामा भ्वाङ कत्रो परेको छ बताइदिनुहुन्छ कि ?’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

त्यसैगरी सांसद अग्नि प्रसाद सापकोटाले वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ अन्र्तगत जुगल गाउपालिकास्थित उज्यालो हाइड्रोका इन्जिनियर मुक्ति सिवाकोटी र सुनकोशी गाउपालिकाको मार्मि खोलामा आएको बाढीले बगाएर शिवश्री हाईड्रो पावर कम्पनीका साईड इन्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन राम अवतार चौधरी वेपत्ती भएको भन्दै खोजी कार्य तिब्र पारी घाईतेको उपचारको माग गरे ।

सांसद अमनलाल मोदीले खेती गर्ने समयमा किसानहरुलाई आवश्यकता अनुसार मलखादको उचित प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमृता थापाले राजधानी काठमाण्डौमा आवश्यकता अनुसार प्रविधियुक्त ट्राफिक लाईटको व्यवस्था गर्न माग गरिन् ।

सांसद इन्दु कुमारी शर्माले चुरे दोहान हुने क्रम बढ्दै जाँदा तराई मधेसमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएको भन्दै चुरे र भावर दोहन गरि अबैध उत्खनन् हुने कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उमा रेग्मीले जनताको हित प्रतिकुल हुने विधेयक नल्याउन सरकारलाई चेतावनी दिइन् ।

सांसद कलु देवी विश्वकर्माले कैलालीकाका किसानले मलखादको अभाव भोग्नुपरेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कुमारी मेचेले झापा क्षेत्र नम्बर १ मा मेचेहरुको अन्तराष्ट्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गर्न सरकासँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप