शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तरकारी परीक्षणको माग गर्दै नेविसंघ आन्दोलित, मसाल जुलुससहितका कार्यक्रम घोषणा

आइतबार, २२ असार २०७६, १६ : ४७
आइतबार, २२ असार २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ  संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सरकारविरुद्ध आन्दोलित बनेको छ । 

भारतबाट आउने तरकारी तथा फलफुल परीक्षणपछि मात्र नाकाबाट भित्राउने निर्णयबाट सरकारपछि हटेको भन्दै नविसंघ आन्दोलित बनेको हो । 

सरकारले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै संघका  निर्वतमान महामान्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गरी ५ दिने आन्दोलनका कार्यक्रममा घोषणा गरे ।

संघले विषादीयुक्त फलफुल बहिष्कार गर्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयहरुमा तरकारी उपहार पठाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप