शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?

आइतबार, २२ असार २०७६, १४ : ०४
आइतबार, २२ असार २०७६

अमेरिकाका उप–राष्ट्रपति माइक पेन्स कुनै अन्य महिलासँग एक्लै डिनर वा लञ्चका लागि जाँदैनन् ।

यस्तो नियम उनले आफ्नी श्रीमती क्यारेनप्रति इमान्दारिता स्थापित गर्नका लागि बनाएको बताउँछन् । उनले आफ्नो धार्मिक आस्थामार्फत् श्रीमतीमाथि बफादार रहने प्रेरणा पाउने बताएका छन् ।

हुन त माइक पेन्सको निर्णय कुनै नौलो होइन । एक सर्वेक्षणका अनुसार ५.८ प्रतिशत मानिसहरु सम्बन्धमा हुँदा कुने अन्य महिला वा पुरुषसँग डिनर वा लञ्चमा जानु धोका दिनु हो भन्ने मान्यता राख्छन् ।

तपाईंले माइक पेन्स र केरनबारे जे सुकै सोच्नुहोस् तर उनले कम्तिमा आफ्नो सम्बन्धमा मर्यादाको एउटा सीमारेखा त निश्चित गरेका छन् ।

हुन त धेरैजसो मानिसहरुले आफ्नो सम्बन्धमा धोका के हो, यसको कुनै सीमा वा परिभाषा तय गरेका हुँदैनन् । उनलाई विश्वास र विश्वासघातबीचको फरक नै थाहा हुँदैन ।

हाम्रो समाजमा सम्बन्धमा धोकाको घटना निकै सामान्य भइसकेको छ । तर तर हरेक जोडीले आफ्नो पार्टनर आफूप्रति इमान्दार होस् भन्ने चाहना राख्छन् ।

कतिले विश्वासघात गर्छन् यसको कुनै सही आँकडा जुटाउन निकै मुश्किल छ । यसको ठूलो कारण यो हो कि सम्बन्धमा विश्वासघातको विषयमा मानिसहरु सायदै सही कुरा गर्छन् ।

पहिले ७५ प्रतिशत पुरुष र ६९ प्रतिशत महिला विश्वासघात गर्ने बताइन्थ्यो तर हालैको अनुसन्धानले यो बताउँछ कि विश्वासघातको मोर्चामा महिला पुरुषभन्दा अलिकति पनि कम छैनन् ।

तर रोचक कुरा के छ भने केवल पाँच प्रतिशत मानिसहरु उनका साथी उनीसँग छल गर्नेछन् वा गरिरहेका छन् । धेरैजसो मानिसहरु आफ्नो साथीमाथि आँखा चिम्लेर विश्वास गर्छन् ।

विश्वासघातको अर्थ के ?

कालगरी युनिभर्सिटीकी सुसन बून भन्छिन्, ‘जो मानिस डिप्रेशनको शिकार हुँदैनन्, उनीहरु साधारणताय आफ्नो साथीमाथि आँखा चिम्लेर विश्वास गर्छन् । उनीहरु कहिले पनि आफ्नो पार्टनरले धोका दिनसक्छन् वा दिइरहेका छन् भनेर सोच्दैनन् ।’

हुन त यसको सबैभन्दा ठूलो कारण यो पनि हो कि विश्वासघातको परिभाषा विभिन्न मानिसहरुका लागि भिन्न हुन्छ । सुसन बून भन्छिन्, ‘कुनै पनि सम्बन्धमा विश्वासघातको अर्थ के हो त्यसको गलत अनुमान लगाइन्छ । यो ठूलो कारण यो हो कि मानिसहरु यसबारे कुरा गरेर कुनै मर्यादा निश्चित गर्दैनन् । हरेक व्यक्तिका लागि धोकाको भिन्न अर्थ हुन्छ ।’

करिब ७० प्रतिशत मानिसले आफ्नो पार्टनरसँग कहिले पनि विश्वासघातको विषयमा कुनै चर्चा नगरेको स्विकारेका छन् । के कुनै सम्बन्धमा रहँदा डेटिङ एप डाउनलोड गर्नु धोका हो ?

डेटिङ एप टिन्डरका १८ देखि २५ प्रतिशत ग्राहक पहिले नै कुनै न कुनै सम्बन्धमा बाँधिएका हुन्छ । यसको अर्थ यो कि उनीहरु सम्बन्धमा रहँदा पनि दोस्रो साथीको खोजी गरिरहेका छन् । यीमध्ये धेरै क्याजुअल सेक्सकमो खोजीमा यस्तो गर्छन् ।

कसैका लागि दोस्रो व्यक्तिसँग सेक्स गर्नु धोका हो । कतिले भने मेसेजमा कुरा गर्नु पनि धोका नै हो भन्छन् । भावनात्मक विश्वासघातको परिभाषा तय गर्नु अझ मुश्किल छ । अफिसमा मानिसहरु आफ्ना कुनै साथीसँग नजिक भएका महसुस गर्न थाल्छन् । उनीहरुको प्रतिक्षा गर्छन् । आगमनले निकै खुसी हुन्छन् । अब यसलाई कुनै सम्बन्धमा बाँधिएका व्यक्तिको विश्वासघात मान्ने कि नमान्ने ?

धेरैजसो मानिसहरु यो मान्छन् कि यदि कुनै सम्बन्धको मर्यादा पहिले नै तय गरे विश्वासघातलाई बुझ्न दुबैका लागि निकै सजिलो हुन्छ । कुनै पनि सम्बन्धको विकासका लागि यो आवश्यक पनि छ ।

धेरैकुरा तपाईंको साथीहरुमा पनि निर्भर हुन्छ । यदि तपाईंका धेरैजसो साथीले पार्टनरलाई धोका दिइरहेका छन् भने तपाईंले पनि धोका दिनु निश्चित छ । धेरैजसो हामी आफ्नो व्यवहारसँग मेल खाने व्यक्तिको नजिक हुन्छौं ।

विश्वासघात गर्नुहुन्छ भने के गर्नुपर्छ ?

कुनै सम्बन्धमा बाँधिएका मानिसहरु धोकालाई अनैतिक मान्छन् । यस्तोमा यदि कसैले विश्वासघात गरेको छ भने उनलाई के गर्ने ? के उनीहरुले आफ्नो गल्ती मान्नुपर्छ ?

धेरैजसो मानिसहरु यसको जवाफ ‘हो’ भनेर दिन्छन् किनभने ९० प्रतिशत मानिसहरुले यदि उनका साथीहरुले धोका दिएका छन् भने उनीहरु यसको कारण थाहा पाउन चाहेको बताउँछन् ।

विभिन्न अनुसन्धानले यो इशारा गर्छ कि कुनै पनि सम्बन्धमा इमान्दारितालाई निकै महत्व दिइन्छ । उनीहरुलाई लाग्छ कि धोका दिँदा उनीहरुको मानसिक स्वास्थ्यमा क्षती हुन्छ । यसैकारण धोकाकै कारण अमेरिकामा सबैभन्दा धेरै सम्बन्धविच्छेद हुन्छ ।

यदि तपाईंले सम्बन्धमा धोका दिनुभएको छ भने तपाईंको यस्तो व्यवहारले तपाईंको साथीलाई समस्यामा पार्छ ।

हुन त जो व्यक्ति आत्ममुग्ध हुन्छन् उनीहरुलाई यस्तो स्विकारोक्तिले धेरै पीडा दिन्छ । कति त डिप्रेशनमा पनि जान्छन् । यस्तै, केही आफ्नो साथीको धोकापछि निकै आक्रामक हुन्छन् ।

यदि कसैले एकपटक धोको दिएको छ भने साधारणतया उनका साथीले उनलाई माफी दिन्छन् । कतिपटक यसैकारण सम्बन्ध टुट्छ । धेरै मानिसहरु यस्ता धोका हुँदा पनि आफ्नो सम्बन्ध बचाउने कोसिस गर्छन् । यदि धोका दिनु बानी नै भएको छ भने कुनै विकल्प छैन, उक्त सम्बन्धबाट बाहिरिनुबाहेक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप