शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय बैठकः उद्घाटन समारोहमा कसले के भने ?

आइतबार, २२ असार २०७६, १२ : ५२
आइतबार, २२ असार २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को  सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा दोस्रो महिला बैठकको म्यानमारको यान्गोनमा आइतबार औपचारिक उद्घाटन भएको छ । 
नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिम, पूर्व परराष्ट्रमन्त्री डा प्रकाश शरण महत, संघीय संसदका सदस्य डा सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरे । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्र मन्त्री डा प्रकाश शरण महतले विदेशमा रहेका नेपाली वा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको बताए । 
त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्न जरुरी भएको धारणा राखे । 

यस्तै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए ।  नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राखे । 
नेकपा नेता तथा सांसद  डा सूर्य पाठकले  गैरआवासीय नेपालीहरु नेपालको सम्पत्ति भएकाले अव यो समुह नेपालको विकासको साझेदार हुनुपर्ने बताए । 

म्यानमारका लागि नेपाली राजदुत भीम उदासले म्यानमारमा नेपाली मुलका म्यानमारी नागरिकले जसरी नेपाली भाषा कला संस्कृतिको जसरी जगर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बीचमा धेरै समानताहरु भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । 


संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताए । 
उनले नेपालको समृध्दिका लागि हामी सबै एकजुट हुनु्को अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गरे । 


त्यसैगरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपाल राष्ट्रको समृध्दि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताए । 

  क्षेत्रीय संयोजक किरण विक्रम थापाले सभापतित्व गरेको उद्घाटन समारोहमा संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरु गरी करिब ३०० को सहभागिता रहेको छ।  बैठक आइतबार नै सम्पन्न हुने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप