काँग्रेस सांसदको प्रश्न : अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिर्यो ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् ।
उनले भनिन्, ‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू ? आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने ? निर्वाचनको बेलामा महान् राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो ? अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?’
उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
असार २ गते राजपत्रमा प्रकाशित गरेर आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान