शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा काठमाडौंमा सर्वाधिक ७२ मिलिमिटर वर्षा, आज पनि बाढीको खतरा

आइतबार, २२ असार २०७६, ११ : ३४
आइतबार, २२ असार २०७६

काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

वाग्मती नदीको जलाधार क्षेत्रमा समेत बहाव बढ्ने र काठमाडौँ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ ।  

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र सर्वाधिक ७२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै आज देशैभरका प्राय नदीनालाहरु बढ्दो क्रममा रहने पनि महाशाखाले जनाएको छ । 

त्रिशुली, बुढीगण्डकी, कोशी, मस्र्याङदी, सेती, दुधकोशी, सुनकोशी, तामाकोशी, कालीगण्डकी र कर्णालीमा आज मध्यान्हपछि भोलिसम्म सबै नदीहरुमा बहाव बढ्ने सतर्कता अपानाउन महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप