शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चरालाई समेत रुखमाथि तानेर लाने दर्जी कमिला

आइतबार, २२ असार २०७६, ०८ : ५०
आइतबार, २२ असार २०७६

कमिला तपाई हामीले देखिरहेकै जीव हो । यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड   वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो ।

कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका सबैभन्दा बलवान जीवहरु मध्ये पनि एक हो । झट्टै सुन्दा यो कुरा पत्याउन हामीलाई हामीलाई मुश्किलै पर्छ । तर यो कुरा साचो हो । वैज्ञानिक अनुसन्धानले के प्रमाणित गरिसकेको छ भने– एउटा कमिलाले आफ्नो शरीरको तौलको लगभग ३०० गुना वेसी तौल उचाल्न सक्छ ।

कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका सबैभन्दा बलवान जीवहरु मध्ये पनि एक हो । झट्टै सुन्दा यो कुरा पत्याउन हामीलाई हामीलाई मुश्किलै पर्छ । तर यो कुरा साचो हो । वैज्ञानिक अनुसन्धानले के प्रमाणित गरिसकेको छ भने– एउटा कमिलाले आफ्नो शरीरको तौलको लगभग ३०० गुना वेसी तौल उचाल्न सक्छ । तुलनामा हेर्ने हो भने, यो कमिलाको अति धेरै शक्तिको परिचय हो । कमिलाले आफ्नो शरीरको तौलभन्दा वेसी तौल उचाल्ने सामानको गुरुत्वकर्षणलाई आफ्ना बलिया खुट्टाहरुमा केन्द्रित गराएर सजिलै उचाल्छ ।

यो त सामान्य कमिलाहरुको कुरा भयो । अझ अफ्रिकका जंगलहरुमा पाइने एक प्रजातिको कमिलाले त त्यो भन्दा पनि आश्चर्यजनक काम गर्छ । यसले आफ्नो तौल भन्दा ५ सय गुना वेसी तौल भएका कुराहरुलाई पनि सजिलै उचाल्न, थाम्न र तान्न सक्छ । त्यो कमिलाको नाम हो– अफ्रिकन दर्जी कमिला (African Weaver Ant) !

यो दर्जी कमिलाले फौजी कमिलाले जस्तै मूलत: कीरा फट्याङ्ग्रा तथा ससाना जीवहरुको  शिकार गर्ने गर्छ ।  फरक के हुन्छ भने सैनिक कमिलाले आफ्नो शिकारलाई पक्रेर टुक्रा टुक्रा पार्छ । तर यो दर्जी कमिलाले चाहिँ आफ्नो शिकारलाई टुक्रा टुक्रा पार्दैन । त्यसको विपरीत यसले आफ्नो सिंगो शिकारलाई नै तानेर माथि रुखमा रहेको आफ्नो गुँडसम्मै पुर्‍याउँछ । अचम्म त के छ  भने, यो कमिलाले साना–ठुला किरा फट्याङग्राहरु मात्रै हैन, चरा, सर्प, छेपारो र स–साना जन्तुहरुको समेत शिकार गर्छ ।

दर्जी कमिलाले चाहिँ आफ्नो शिकारलाई टुक्रा टुक्रा पार्दैन । त्यसको विपरीत यसले आफ्नो सिंगो शिकारलाई नै तानेर माथि रुखमा रहेको आफ्नो गुँडसम्मै पुर्‍याउँछ । अचम्म त के छ भने, यो कमिलाले साना–ठुला किरा फट्याङग्राहरु मात्रै हैन, चरा, सर्प, छेपारो र स–साना जन्तुहरुको समेत शिकार गर्छ ।

https://whatdewhat.com/

दर्जी कमिलामा त्यस्तो अचम्मको शक्ति हुन्छ भन्ने कुरा अन्वेषकहरु जानुज ओजटुसियक, इवा गड्जिङ्सका र एलेन डेजिनले पत्ता लगाएका हुन । उनीहरुले क्यामरुन नाम गरेको देशको एउटा प्रयोग क्षेत्रमा के देखे भने– दर्जी कमिलाहरुको एक समुहले एउटा मरेको चरालाई रुख माथि आफ्नो गुँडसम्म पुर्‍यायो । त्यहाँ अन्य कमिलाले चरालाई छोड्यो तर एउटा कमिलाले त्यसलाई समातिरह्यो । अचम्मको कुरा, त्यो एउटै कमिलाले आफूभन्दा ५०० गुना बेसी भारी त्यो चरालाई सजिलै थामेर राख्न सक्यो !

यो दर्जी कमिलाको खुट्टामा अत्यन्तै शक्तिशाली अंग समेत हुन्छ । त्यसको मद्दतले यसले सतहमा बलियोसंग पक्रन्छ र आफूभन्दा भारी वस्तुलाई पनि सजिलै तान्न एवं थाम्न सक्छ ।

तुलनात्मक रुपले हेर्ने हो भने, कमिला मान्छेभन्दा अत्यन्तै शक्तिशाली जीव हो भन्न सकिन्छ । किनभने, सामन्य मान्छेले आफ्नो तौल बराबरको वा त्यो भन्दा केही बेसी मात्र भार बोक्न सक्छ । एउटा दक्ष र अनुभवी भारोत्तलक (वेट लिफ्टर) ले पनि आफ्नो शरीरको तौलभन्दा ३.८ गुना बेसीसम्म मात्र भार बोक्न सक्छ । कमिलाले उठाउन सक्ने भार शरीरको तुलनामा ३०० गुना बेसी भएको तुलनामा यो अत्यन्तै कम हो ।

Main Photo: https://upload.wikimedia.org

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप