बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा एनआरएनको एसिया प्यासिफिक क्षेत्रीय बैठक सुरु

शनिबार, २१ असार २०७६, २३ : ०९
शनिबार, २१ असार २०७६

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु भएकाे छ ।

 नेपालको समृध्दिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहने बैठक जुलाई आइतबार सम्म चल्ने प्रवक्ता भूषण घिमिरेले जानकारी गराए । 

बैठकको औपचारिक उद्धाटन आइतबार हुने भए पनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासंग सम्बन्धित कार्यक्रम सम्पन्न भएकाे उनले बताए । 

शनिबारको बैठकको सुरुवात केन्द्रिय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरण विक्रम थापाले गरेका थिए । 

बैठकमा काँग्रेस नेता डा. प्रकाश शरण महत, प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको छ  ।

शनिबारको बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको कृयाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । 

  क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता रहेको छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व रहेको छ । 
 करिब तीनसयको सहभागिता रहेको बैठकमा आइतबार नेपालको समृध्दि सम्बन्धी विभिन्नमा छलफल गरी निर्णय लिइने छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप