हेमबहादुर मल्ल सम्मान गौतम र पाण्डेलाई
काठमाडौ । यसवर्षको 'कुशल प्रशासन एवं व्यवस्थापक हेमबहादुर मल्ल सम्मान' दामोदर प्रसाद गौतम र डा देवेन्द्रराज पाण्डेलाई प्रदान गरिएकाे छ ।
शुक्रबार राजधानीमा आयोजित सम्मान कार्यक्रममा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले गौतम र पाण्डेलाई नगद चेकसहित कदरपत्र प्रदान गरेका हुन् ।
गौतम र पाण्डेलाई जनसेवामा रही प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकोमा सम्मानित गरिएको हो ।
यसै अवसरमा सम्मानित व्यक्तित्वहरुलाई नेपाल जनप्रशासन संघले संघको मानार्थ सदस्यताले समेत सम्मान गरेको छ ।
नेपाल जन प्रशासन संघको आयोजना र नेपाल साल्ट ट्रेडिङ लि. को सौजन्यमा प्रत्येक वर्ष यस्ता कुशल जनसेवकलाई सम्मान गरिँदै आएको छ । नेपाल जन प्रशासन संघ २०५७ सालमा स्थापना भई २०५९ देखि पुरस्कार वितरण गर्न थालिएको हो । यस पटक १२ औं र १३औं संस्करणको पुरस्कार वितरण गरिएको हो ।
यसअघि केदारभक्त माथेमा २०६०, चाँदनी जोशी २०६१, भगवान कोइराला २०६२, बिमल कोइराला २०६३, महावीर पुन २०६४, अम्बिका श्रेष्ठ २०६५, भोजराज पोखरेल २०६६, दमननाथ ढुङ्गाना २०६७, शुरेशराज शर्मा २०६८, खीलराज रेग्मी २०६९ र उमेशप्रसाद मैनाली २०७० सालमा हेमबहादुर मल्ल सम्मानबाट सम्मानित भएका थिए ।
होमबहादुर मल्ल सम्मान पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा