केन्द्रीय संस्करण

मेरो विरोध गर्न केहीले माक्स लगाएर हिँड्न थाले : प्रधानमन्त्री

आईफा रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत

person explore access_timeअसार २०, २०७६ chat_bubble_outline2

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘देशका लागि राम्रो र फाईदाजनक हुने भो भने अनुकूल समय मिलाएर सो अवार्ड आयोजना गर्न सरकार तयार छ,’प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो, ‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन ।’ उनले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको भन्दै असन्तुष्टि जनाए ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

समाजवादी पार्टी, नेपालका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंमा माक्स लगाउन नपर्ने आफनो अभिव्यक्तिको पनि बचाउ गरे ।

प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले माक्स नलगाई पनि हिँड्न सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले माक्स लगाएर हिँड्न थालेको आरोप लगाए । ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीको दावी थियो,‘ माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि माक्स लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन ।’

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै चुनाव हारेको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताए । उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताए ।  

कमेन्ट

  1. July 5, 2019, 8:19 p.m. ABC
    Pagal haru ko pralap sunda sunda afai pagal huna lagiyo
  2.  0 Reply
  3. July 5, 2019, 7:05 p.m. Mahadeep pokharel
    लौ न देश बिरामी भयो।नेताहरुमा बिर्सने,झर्किने,बर्बराउने,ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने,चाहिने नचाहिने जोक गर्ने मानसिक रोग लाग्यो।लौन जनता उपचार गरिदेउ !!
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...