बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोब्बर बिमा रकम पाउने लोभमा रौतहटमा आफ्नै छोरीको हत्या

शुक्रबार, २० असार २०७६, १५ : २४
शुक्रबार, २० असार २०७६

रौतहट । बिमा कम्पनीबाट ठूलो धनराशी पाउने लोभमा रौतहट स्थित एकजनाले आफ्नै छोरीको हत्या गरेका छन् ।

जिल्लाको पश्चिमीभेग मौलापुर नगरपालिका–६ पथरा बरधराम स्थित
३९ वर्षीय रामकिशोर यादवले बिमा रकमको लोभमा आफनै ४ वर्षीया छोरी लक्षमी कुमारीको हत्या गरेको खुलेको हो ।

प्रहरीले हत्याको आरोपमा यादवलाई नियन्त्रणमा लिएर कानुुनी कार्यवाही अगाडी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी घटना बारे प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी गराएका हुन् ।

गत जेष्ठ १९ गते यादवले आफ्नी छोरी लक्ष्मीको नाममाले २५ लाख रुपैयाँको बिमा गराएर सो बापत उनले एकलाख ७५ हजार रुपैयाँ प्रिमियम बिमा कम्पनीमा बुुझाएका थिए ।

बिमा गरेको १ महिना भित्र बिमितको मृत्युु भएमा बिमा रकमको दोब्बर कम्पनीले अभिभावकलाई दिने कुुरो सुनेको भरमा अभियुुक्तले आफनै छोरीको हत्या गरेको प्रवक्ता कार्कीले जानकारी गराए ।

घटना बिवरण अनुसार बिमा गरेकी ४ वर्षीया छोरी गत असार १७ गते आफनो हराएको अभिभावकले हल्ला फिँजाएका थिए ।

पछी गाँउ नजिकै रहेको पोखरीमा छोरी लक्ष्मी कुमारीको शव प्रहरीले फेला पारेको थियो ।

बालिकाको शव पोष्टमार्टममा जिल्ला अस्पतालले मृतकको शरीरमा निलडाम रहेको बताएपछि हत्या हुनसकने आशंकामा प्रहरीले अनुुसन्धान प्रकृया अगाडी बढाएको थियो । अनुसन्धानको क्रममा बुवा रामकिशोर यादवको गतिविधि शंकास्पद लागेपछि उनलाई पक्राउ गरिएको थियो ।

अनुुसन्धानमा बालिकाको सामान्य मृत्युु नभई हत्या भएको र अभियुुक्त यादवले बिमाबाट रकम पाउने लोभमा हत्या गरेको स्वीकारी सकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी कार्कीले बताए ।

यादवले छोरी लक्षमीलाई घरमै कुटपिट गरी हत्या गरेर पोखरीमा फाली कसैले छोरीको हत्या गरेको भनी प्रहरीलाई खबर गरेका थिए ।

अभियुुक्त यादव माथि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बनिध कसुर मुद्दामा जिल्ला अदालत गौर बाट म्याद थमाई अनुसन्धान गरीरहेको प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप