शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाको नाम फेर्न खोजिएपछि विवाद, नगरसभा नै विथोलियो

बिहीबार, १९ असार २०७६, २२ : ४६
बिहीबार, १९ असार २०७६

जनकपुर–धनुषाको नगराइन नगरपालिकाको नाम परिवर्तन गर्ने विषयलाई लिएर विवाद भएपछि नगरसभा नै बिथोलिएको छ । 

कांग्रेसबाट विजयी नगरप्रमुख परमेश्वर यादवले नगरपालिकाको हालको नाम परिवर्तन गरी स्वर्गीय नेता महेन्द्रनारायण निधिको नाम राख्ने प्रस्ताव गरेपछि तिव्र विवाद उत्पन्न भई नगरसभा नै विथोलिएको हो ।

नगर प्रमुख प्रमेश्वर यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधिका बुवा समेत रहेका स्वर्गीय महेन्द्र नारायण निधिको नाममा नगरपालिकाको नामाकरण गर्ने प्रस्ताव नगरसभामा लगेका थिए । 

नगरको नामाकरण गर्ने विषयमा भएको विवादकै कारण असार १० गते नै हुने भनिएको नगरसभा अझै सम्पन्न हुन सकेका थिएन ।  अन्ततः बिहिबार बोलाइएको नगरसभाको बैठक पनि सोही विवादका कारण फेरि विथोलिएको छ । नगरपालिकाको नाम परिवर्तनका लागि बहुमत पुर्याउन नगर प्रमुख यादवले अन्तिम समयसम्म प्रयास गरेपनि सफल हुन सकेन । 

अब नगरसभा असार २४ गते गर्ने तय गरिएको यादवले जानकारी दिए । 
नगरपालिकाको नाम परिवर्तन गर्ने विषय गम्भिर रहेकाले छलफल गरी मात्र निर्णय लिने भनेर बैठक सारिएको उनको भनाई छ । तर नेकपा र समाजवादी पार्टीबाट निर्वा्चित जनप्रतिनिधिहरुले बहुमत नपुग्दा बैठक सारेको आरोप लगाएका छन् ।

नगराइन नगरपालिका वडा ८ का अध्यक्ष संजय राउतले जनप्रतिनिधिलाई खरिद गर्ने प्रयास गरेको र असफल भएपछि बैठक सारिएको आरोप लगाए । नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ । नगराइन नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन् । जसमध्ये करिब ३४ जना भएपछि मात्र नाम परिवर्तन हुन्छ । तर काँग्रेसको मात्र २९ जना छन् । नाम परिवर्तनका लागि ५ जना थप चाहिन्छ । ५ जना नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधि सहमति नभए प्रस्ताव पास हुँदैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप