चोरीमा संलग्न दुई पाकिस्तानी भक्तपुरबाट पक्राउ
महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेकाले वैशाखमा भक्तपुर सूर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट रु ३० हजार नेपाली, लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको मासु पसलबाट ७० हजार र बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राइजिङ स्पोर्टसबाट रु एक लाख ५० हजार चोरी गरेका थिए ।
दुवै जनालाई वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी रु ५०÷५० हजार धरौटीमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’