बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको आरोपमा २ पाकिस्तानी नागरिक पक्राउ

बिहीबार, १९ असार २०७६, १९ : ३१
बिहीबार, १९ असार २०७६

काठमाडौं । प्रहरीले चोरी गर्ने २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान इस्लामवाद घर भएका वर्ष ३२ को मोहसिन खान र वर्ष ३१ को पुजा मोहसिन खान रहेका छन् । 

असार १८ गते साँझ ६ बजेतिर उनीहरुले ललितपुर झोंछेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्सचेन्जमा पैसा साट्ने बहानामा भ्रम छरेर चोरी गरेको पाइएको मानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । 

५ सय साउदी रियाल युएस डलरमा साट्ने बहानामा उनीहरुले ९०० युएस डलर, ३००० साउदी रियाल र १४०० चाइनिज रुपैयाँ चोरी गरेको एसएसपी थापाले रातोपाटीलाई जानकारी दिए । 

उनीहरु भक्तपुर दरबार स्क्वायरस्थित रहेको स्वीट होम भक्तपुरबाट पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

साथै उनीहरुले वैशाख २९ गते भक्तपुर सूर्यविनायकमा रहेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरमा पनि चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

सो समयमा उनीहरुले २ लाख ५० हजार चोरी गरेका थिए । त्यसको २ दिनमा उनीहरु पक्राउ परी ५०÷५० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप