शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली लाइसेन्स बनाउने गिरोहका ४ जना प्रहरीको फन्दामा

बिहीबार, १९ असार २०७६, १६ : ५७
बिहीबार, १९ असार २०७६

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेश दर्जीलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीलगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप