शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्काउन्टरको डरले रिह्याब सेन्टरमा लुकेर बसेका कुँवर पक्राउ

बिहीबार, १९ असार २०७६, ०९ : २६
बिहीबार, १९ असार २०७६

जेठ २ गते दोलखाका ठेकेदार नाटा सी शेर्पालाई चक्कु प्रहार गरेको आरोपमा बुधबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी घर भएका वर्ष ३३ को सफल विक्रम कुँवर रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले कुँवरलाई ललितपुरको हरिसिद्धिस्थित माया नेपाल रिह्याब सेन्टरबाट प्रहरीले पक्राउ गरेको पुष्टि गरे । घटनामा संलग्न सुदीप गुरुङलाई प्रहरीले एक हप्ताअघि पक्राउ गरेको उनले बताए । 

कुँवर लागुऔषध मुद्धा, हातहतियार खरखजना मुद्धा र कर्तव्य ज्यान जस्ता मुद्धामा ६ पटक जेल सजाय भोगेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए । 

पटक–पटक अपराधिक क्रियाकलापमा संलग्न कुँवर इन्काउन्टरमा पर्छु भन्ने डरले रिह्याब सेन्टरमा लुकेर बस्दै आएको हुनसक्ने प्रहरीले बताएको छ । 

तनहुँको आबु खैरेनीमा आफ्नै विजनेश पार्टनरलाई करेन्ट लगाएर यातना दिएको आरोपमा गत वर्षमात्र उनी पक्राउ परेर १ वर्ष जेल भुक्तान गरेर बाहिर आएको बताइएको छ । 

यस्तै गुरुङ पनि १३ पटकसम्म अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ पर्दै छुट्दै आएको डीएसपी बोगटीले बताए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका शेर्पालाई तत्कालै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

पक्राउ परेका कुँवर र गुरुङमाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप