उच्च अदालत जनकपुरको फैसला: महन्त बैकुण्ठ दासलाई १२ वर्ष जेल सजाय
जनकपुर– जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई अदालतले १२ वर्ष जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दामा आरोपी उनलाई बुधवार उच्च अदालत जनकपुरले १२ वर्षको सजाय सुनाएको हो।
मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको छ । जनकपुरधाम वडा नम्बर ८ स्थित नीजि निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो।
उच्च अदालत जनकपुरले घटनाका योजनाकार महन्त दास रहेको ठहर गर्दै सजाय सुनाएको अधिवक्ता विमल मिश्रले जानकारी दिए।
यसअघि जिल्ला अदालतले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो। उच्च अदालत जनकपुरले शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।
केही महिना पहिले किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचबिखन तथा ठगी गरेको मुद्दामा उच्च अदालत जनकपुरले दासलाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो। उच्च अदालतले आदेश दिएसङ्गै उनी हालसम्म फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग