शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेज र कजाक ब्रिटिस टेक्निकल विश्वविद्यालयबीच सहकार्य हुने

बुधबार, १८ असार २०७६, १८ : ५०
बुधबार, १८ असार २०७६

काठमाडौं– काठमाडौं स्थित ‘द ब्रिटिस कलेज’ र कजाकिस्तानमा रहेको कजाक ब्रिटिस टेक्निकल युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमा टिबिसीका संस्थापक तथा सिईओ राजन कँडेल र केबिटियुका रेक्टरबीच हस्तारक्षर भएको हो । यो सम्झौतापत्र हस्ताक्षर भएसँगै विद्यार्थीहरुले एक्सचेन्ज प्रोगाममा भाग लिन पाउनेछन् । 

केबिटियु र टिबिसीका विद्यार्थी दुवैले एकअर्काको शैक्षिक संस्थाहरुमा भ्रमण गर्न पाउनेछन् । यसका साथै कजाकिस्तानमा रहेको ब्रिटिस विश्वविद्यालयबाट सम्बन्धन शैक्षिक संस्थाबाट दोहोरो डिग्री लिनसक्ने सम्भावना पनि रहेको छ । सम्झौता पत्रमा दुई पक्षका बीच एउटा गैर–बाध्यकारी सम्झौता छ जुन बाध्यकारी सम्झौताको पालन गर्नका लागि छिट्टै नै सम्भावित सर्तहरुको निर्धारण गरिनेछ । 
    
उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा रेक्टर केन्जहेवेक, रिसर्च र इनोभेसनका सह रेक्टर मारतबेक गावडुलिन, इन्टरनेशनलाइजेशनका सह रेक्टर मुहमम्द सेराज, म्यानेजिङ डाइरेक्टर अजमत मुरातोभ, विजनेश स्कुलकी सह डिन मदिना बिगाबाटोभा, इन्फरमेशन टेक्नोलोजी फ्याकल्टीका सहायक डिन अलिबेक बिसेमबायब, आइडिसीका निर्देशक असेल अकजालोभा, पोस्टग्राजुयट स्टडी सेन्टरका प्रमुख गुल्जीरा यस्टेकोभाको उपस्थिति रहेको थियो ।  

मुहमम्द सेराज र रेक्टरले स्वागत मन्तव्य दिएपछि राजन कँडेलले आफ्नो कम्पनी र कम्पनीले गर्ने कामबारे चर्चा गरेका थिए । त्यस्तै सह रेक्टर सेराजले केबीटियुबारे सान्दर्भिक सुचना र विश्वविद्यालयको बलियो पक्षबारे जानकारी दिएका थिए ।

त्यस्तै राजन कँडेलले मिटिङको मुख्य एजेण्डाबारे चर्चा गर्दै सम्भावित आपसी समझादरीबारे प्रष्ट्याएका थिए । यो सम्झौतापत्र अनुसार विद्यार्थी एक्सचेन्ज कार्यक्रमले टिबिसीका विद्यार्थीहरुले केबिटियुबारे भ्रमण गरेरै जानकारी लिन सक्नेछन् ।

त्यस्तै केबिटियुका विद्यार्थीहरुले पनि नेपाल र दुवईमा भ्रमण गर्न सक्नेछन् ।  यो महत्वपुर्ण कदमले नेपाल र भारतका विद्यार्थीहरुले रोजगारीको अवसर पनि पाउनेछन् । यो सम्झौताले दुई देशको शिक्षा क्षेत्रमा फलदायी प्रभाव पार्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप