शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा दुई विद्यार्थी प्रथम

शनिबार, ०३ असार २०७४, ०७ : ४४
शनिबार, ०३ असार २०७४


बेसीशहर - यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लमजुङमा दुइजनाले बराबरी नम्बर ल्याएर प्रथम भएका छन् ।
बेसीसहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलिकुवास्थित शैलपुत्री माविका समीर सेढाइ“ जिल्ला प्रथम भएका हुन् । दुवैले ३.९ जीपीए (९७.५ प्रतिशत) अंक ल्याएका छन् । जिल्ला शिक्षा कार्यालयले यसलाई प्रारम्भिक नतिजा भनेको छ । शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालले दुवैजनाको जीपीए बराबर रहेको बताए । जिल्लाको सवै नतिजा थाह पाउन अझै १÷२ दिन लाग्ने उनले बताए । 

एसईईमा प्रथम भएका समीरले विज्ञान विषय लिएर पढ्ने बताए । ‘सामुदायिक स्कुलमा पढेर पनि जिल्ला प्रथम हु“दा खुसी लागेको छ’ उनले भने । उनी शैलपुत्री माविका प्रधानाध्यापक बुद्धराज सेढाइ“का छोरा हुन् । बेसीसहर नगरपालिका ११, रामचोकबेंसी (साविक चिती ७) का स्थायीवासिन्दा प्रधानाध्यापक सेढाइ“ले पढाउने क्रममा आफू जहा“ पुग्छ त्यहीको विद्यालयमा लगेर छोरालाई पढाउने गरेको बताए ।


रितुले एसईईमा जिल्ला प्रथम हु“दा खुसी लागेको बताइन् । ‘अझै सोंचे अनुरुपको नम्बर प्राप्त गर्न सकिन । अझै केही बढी आउने आश थियो’ उनले भनिन् । 
विद्यालयका प्रिन्सीपल शिवेन्द्र क“डेलले रितुमा एक प्रकारको छुट्टै प्रतिभा रहेको बताए । रितुकी आमा सुमित्रा र बुवा प्रेमकुमार दुवै शिक्षक हुन् । श्रेष्ठ परिवार बेंसीसहर नगरपालिका ८, नारायणस्थान चोकका स्थायी बासिन्दा हुन् ।

एसईईमा लमजुङबाट ३ हजार ४ सय ८ जना परीक्षार्थी सहभागि थिए । कूल ३ हजार ४ सय ६१ जना परीक्षार्थीले आवेदन दिएकोमा ५३ जना अयोग्य थिए । शिक्षाका अनुसार नियमिततर्फ ३ हजार ३ सय ४९ जना र एक्जाम्टेड ३० जना र ग्रेड बृद्धि तर्फ ८२ जना परीक्षार्थी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप