शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभक्तिको प्रतिनिधित्व गर्ने नाम अंकल साम, विश्वमा चाहिँ अमेरिकी दादागिरीको प्रतीक

अमेरिकाको नाम कसरी अंकल साम रहन गयो ?
बुधबार, १८ असार २०७६, १० : ०४
बुधबार, १८ असार २०७६

अमेरिकालाई प्रतिकात्मक शब्दमा भन्दा अंकल साम (Uncle Sam)  भन्ने गरिन्छ । चित्रद्धारा अमेरिकालाई प्रतीकात्मक अर्थमा चिनाउनु प¥यो भने, छोटो दारी, अग्लो ह्याट, र पुच्छर जस्तो लामो कोट पहिरेको, एक हातमा ब्याग र अर्को हातमा कोर्रा बोकेको ‘अङ्कल साम’ को कार्टुन चित्र देखाइने गरिन्छ ।

तर के तपाईलाई थाहा छ– अंकल साम को हुन् र कसरी अमेरिकाको नाम अंकल साम रहना गयो भनेर ?

अंकल सामको चरित्र बिजारोपण सन् १८१२ मा भएको अमेरिका– ब्रिटेनबीचको युद्धताका भएको थियो । त्यसबेलादेखि नै अमेरिकी जनमानसमा अंकल साम ‘देशभक्ति’को प्रतीकको रुपमा लोकप्रिय र आदरणीय रहँदै आएको छ ।

अमेरिकी जनमानसमा देशभक्तिको प्रतिकको रुपमा चर्चित र सम्मानित अंकल सामको चरित्रलाई सन् १८६१ मा मात्र अमेरिकी कांग्रेसले एक प्रस्ताव पारित गरी आफ्नो राष्ट्रिय प्रतीकको रुपमा मान्यता  प्रदान गरेको थियो । र, स्यामुअल विल्सनलाई अंकल सामको प्रतीकको रुपमा स्वीकारेको थियो ।

यसरी अमेरिकाले आफ्नो राष्ट्रको प्रतीकको रुपमा स्वीकारेको स्यामुअल विल्सनको थिए त ? अवश्य पनि तपाईलाई जिज्ञासा लाग्न सक्छ !

स्यामुअल विल्सन उन्नाइसौं शताब्दी ताका न्यूयोर्कका एक व्यापारी थिए । उनी र उनका भाइ एवनेजेर विल्सनले मिलेर न्यूयोर्कमा मासु प्याकिङ्ग गर्ने एउटा कम्पनी खोलेका थिए । उनीहरु आफ्नो कम्पनीप्रति अत्यन्तै गर्व गर्थे र भन्ने गर्थे– हाम्रो कम्पनीले एकै दिनमा १५० वटा पशुहरु काटेर त्यसको मासु प्याक गर्न सक्छ ।

यसबीच सन् १८१२ मा अमेरिका र ब्रिटेनबीच घमासान लडाई शुरु भयो । लडाईका मोर्चामा खटिएका सेनाका जवानहरुलाई खाद्यपदार्थ आपुर्ति गर्नु पर्ने भयो । यी दुई दजुभाइले सेनालाई मासु आपुर्ति गर्ने ठेक्का लिन प्रयास गरे र त्यसमा सफल पनि भए । त्यसपछि उनीहरुले काठको बाकसमा गाई र सुंगुरको मासु प्याक गरेर युद्ध मोर्चामा पठाउन थाले ।

स्यामुअल विल्सन रमाइला मान्छे थिए । त्यसबेला उनले पालेको सेतो कपाल र उनले लगाउने अग्लो ह्याटको कारण मान्छेको ध्यान आफसे आफ उनीतिर आकर्षित भइहाल्थ्यो । उनलाई भेटने चिन्ने मान्छेहरु उनको त्यो रमाइलो व्यक्तित्वको कारण उनलाई आदरपुर्वक ‘अंकल साम’ भनेर बोलाउने गर्थे । उनी विनम्र र मिलनसार पनि थिए । युद्धको बेला उनी मान्छेहरुलाई  आफ्नो फ्याक्ट्री देखाएर आफूले ‘युद्धाको मार्चामा खटिएका सेनाका जवानहरुका लागि तथा राष्ट्रको लागि के गरि रहेको छु’ भनेर गर्वका साथ भन्ने गर्थे ।

युद्धको मोर्चामा उनले पठाउने सामानमा ए.ए.यू. एस. संकेताक्षरको छाप लगाइएको हुन्थ्यो । त्यो संकेताक्षरको पूरा अर्थ– उनको फ्याक्ट्रीबाट सामान लैजाने सरकारी ठेकेदारको नाम अलबर्ट एण्डरसन र यूनाइटेड स्टेट (संयुक्तराज्य अमेरिका) थियो ।

एकदिन उनको फ्याक्ट्री अवलोकन गर्न आएको एक दर्शकको ध्यान त्यो संकेताक्षरले तान्यो । तर उनले त्यसको अर्थ बुझ्न सकेन । त्यसैले उनले त्यस फ्याक्ट्रीमा काम गरिरहेको एक मजदुरलाई त्यसको अर्थ सोधे । मजदुरलाई पनि त्यसको वास्तविक अर्थ थाहा थिएन । त्यसैले उनले जवाफ दिए– ‘त्यसको पुरा अर्थ त मलाई पनि थाहा छैन, तर हुन सक्छ त्यसको अर्थ एलबर्ट एण्डरसन र अंकल साम होला !’

https://en.wikipedia.org

वास्तवमा ती मजदुरले थाहा नभई त्यसो भनेका थिए । तर त्यस फ्याक्ट्री हेर्न आउने दर्शकहरुले त्यही अर्थलाई पत्याए र व्यापक रुपमा फैलाए, घरघरमा प्रचार प्रसार गरे । फौजमा भर्ती भएका जवानहरुले पनि ए.ए.यू.एस. को पूरा अर्थ अंकल साम नै हो भन्ने व्यापक प्रचार गरे । युद्ध सकिए पछि पनि अंकल साम उनको देशक्तिपूर्ण कार्यको चर्चा सेलाएन । उनको चर्चा र लोकप्रियता अमेरिका भरि फैलिदै गयो । उनी यति लोकप्रिय भए, सन् १८३० को दशकमा व्यंग्य चित्रकारहरुले स्यामुअल विल्सनको व्यक्तित्वलाई अंकल सामको प्रतिकको रुपमा परिकल्पना गरेर अग्लो ह्याट लगाएका चित्रहरु कोरे । र, अंकल सामको लुगामा तारा अंकित भएको पहिलो कार्टुन सन् १८३२ मा राजनीतिक कार्टुनको रुपमा प्रकाशमा ल्याए ।

स्यामुअल विल्सनको मृत्यु सन् १८५४ मा भयो तर आफ्ना देशधक्तिपूर्ण भावनाका कारण अमेरिका, जनमानसमा उनको प्रतीक ‘अंकल साम’ लोकप्रिय र नमेटिने चत्रिको रुपमा स्थापित हुदैगयो । यसरी जनतामा माझ स्थापित अंकल सामलाई सन् १८६१ मा आएर अमेरिकाको कंग्रेसले राष्ट्रिय प्रतीकको रुपमा मान्यता प्रदान गरेर स्थायी रुपमा प्रतिष्ठित गरेरै छाड्यो । हो, त्यही बेलादेखि नै अमेरिकालाई प्रतीकात्मक अर्थमा अंकल साम पनि भनिन थालियो ।

पहिलो विश्व युद्ध (१९१४–१८) ताका अमेरिकी नवयुवाहरुमा देशभक्तिको भावना जगउन र उनीहरुलाई सेनामा भर्न हुनाको लागि प्रेरितथ गर्न अंकल सामको पोष्टर नै प्रयोग गरिएको थियो । प्रख्यत अमेरिकी चित्रकार जेम्स मन्टोगोमेरी फ्ल्यागले बनाएको त्यस पोष्टरमा अंकल सामले हेर्नेतिर औंल्याएर ‘अमेरिकी सेनाका लागि म तिमीलाई चाहन्छु’ (I want you for U.S. Army) भनिरहेको देखाइएको थियो । सो पोष्टर अमेरिकाभरि नै व्यापक रुपमा प्रचार प्रसार भएको थियो । अंकल सामको अहिलेसम्म प्रकाशित पोष्टरहरुमध्ये त्यो चित्र अत्यन्तै लोकप्रिय र उत्तम मानिन्छ ।

http://3.bp.blogspot.com

तर अमेरिकामा देशभक्तिको प्रतिनिधित्व गर्ने नाम अंकल साम अहिले अएर विश्वमा अमेरिकी दादागिरीको प्रतीक बनेको छ । अहिले विश्वको अन्य मुलुकका मुक्तिकामी देशभक्तहरुलाई दमन गर्न र उनीहरुको न्यायोचित आवजलाई दबाउन आफ्नो साम्राज्यवादी स्वार्थमा चल्ने त्यहाँका निरंकुश शासकहरुलाई मद्दत गर्ने अमेरिकी हैकमको प्रतिक समेत बन्न पुगेको छ– अंकल साम ।

Main photo: http://www.gannett-cdn.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप