बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा गोली चल्यो, साढे ४ लाखभन्दा बढी लुटियो

मङ्गलबार, १७ असार २०७६, १८ : ४१
मङ्गलबार, १७ असार २०७६

बुटवल– आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ ।  इलाका  प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाले घटनाको पुष्टि गरे ।

लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडीबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए ।

रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष  र ती महिला थिइन् । थापाले भने– लुटेर भाग्दा आफुलाई भेटाउन नसकुन भनेर उनीहरुले टायरमा गोली चलाएको हुनसक्ने अनुमान  गरिएको छ ।’  घटनाका अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप