शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्तिक २२ मा ‘सत्या’, यस्तो आयो ट्रेलर

मङ्गलबार, १७ असार २०७६, ११ : २९
मङ्गलबार, १७ असार २०७६

काठमाडौं – धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्म ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मको केही मुख्य मुख्य अंसले प्रथामीकता पाएका छन् । एक्सन लभस्टारी जनरामा निर्माण भएको फिल्म ‘सत्या’ कार्तिक २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । 

मिलन आले मगरको निर्देशन रहेको फिल्ममा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतकाको अभिनय छ । 

सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहराको लगानी रहेको फिल्मको कार्यकारी निर्माता मदन थिङ हुन् । विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन फिल्ममा रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप