बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘शान्ति’ निर्माण घोषणा

बुधबार, २५ साउन २०७४, १७ : १८
बुधबार, २५ साउन २०७४

काठमाडौं– चलचित्र रिलिज नभइ ‘दुस्साहस’ टिमले नयाँ प्रोजेक्टको घोषणा गरेको छ । चलचित्र हो  ‘शान्ति’ । राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक दिनेश लिङ्देन चलचित्र घोषणा गरेका हुन् । 


लिङ्देनकै निर्देशन रहने चलचित्र फाल्गुनन्द लिङ्देन फिल्मस प्रालि र नेपाल चलचित्र युवा मञ्चले निर्माण गर्न लागेको हो । 


‘अझैपनि देशमा पूर्ण रुपमा शान्ति कायम भइसकेको छैन । जसका कारण युवाहरु बिदेसिनु पर्ने बाध्यता छ । शान्ति र सम्बृद्धको लागि तिनै युवाहरुको आवश्यकता अनि तत्परतालाई चलचित्र ‘शान्ति’मा प्रस्तुत हुनेछ ।’ निर्देशक लिङ्देनले बताए । 


चलचित्रमा शान्ता बखिम थेबे निर्मात्री र कार्यकारी निर्मातामा वषन्त थेबे लिम्बु रहनेछन् । 


सुप्रिया श्रेष्ठ, निशा पोमु, सुदिता लिङ्देन, संजिब थेबे लिम्बु, अजय खडका, प्रदिप योङहाङ, उदय सुब्बालगायतका कलाकार रहने बताइएको छ । चलचित्रमा गीत हरि उप्रेती, संगित बिकास चौधरी, नृत्य जनक कार्की, द्वन्द्ध राजु किराँती र छायांकन ज्ञानु राई रहने भएको छ ।


कार्यक्रममा पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुव्बालाई सम्मान समेत गरियो, भने हेल्प लेस बालआश्रमका बालबालिकालाई चलचित्र युनिटले लताकपडा तथा पढ्ने डेस्क प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप