शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘फेस अफ प्लस टु’ आयोजना हुने

सोमबार, १६ असार २०७६, १३ : ०७
सोमबार, १६ असार २०७६

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । आयोजक सुनौलो संसार म्यानेजमेन्टले एक विज्ञप्ति जारी गर्दै ‘फेस अफ प्लस टु’ आवेदन खुल्ला भएको जनाएको हो । 

छानिएका सबै प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने सुनौलो संसार नेपालका सिइयो नारायणबहादुर थापाले बताए । 

थापाले प्लस टु दिएर बसेका विद्यार्थीहरुमा रहेको प्रतिभा निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका गर्न लागिएको बताए ।

प्रतियोगिताको शीर्ष विजेताले ६० हजार नगदसहित विभिन्न अवसरहरु प्राप्त गर्नेछन् । त्यस्तै शीर्ष विजेतासहित फष्ट र सेकेण्ड रनरअपले ग्रेस कन्सलटेन्सीबाट अष्ट्रेलियाका लागि फ्रि भिसा प्रोसेसिङ, फ्रि एयर टिकट, फ्रि आइ इल टि एस कलास प्राप्त गर्ने कन्सलटेन्सीका सिईओ एन्डुु पौडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप